हिमाली क्षेत्रमा पदयात्रामा जाने पर्यटकको ‘फेक रेस्क्यु’मार्फत बीमा रकम ठगी गरेको अभियोगमा आइतबार ३२ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।
गोली र बमका छर्राले छिद्र बनाएको ‘शान्ति स्तम्भ’लाई बेनी नगरपालिकाले आफ्नो कार्यालय परिसरमा राखेको छ। बेनी घुम्न जानेका लागि ‘पर्यटकीय’ बनेको यही खम्बाले बेनीबासीलाई २२ वर्षअघिको रात सम्झाइरहन्छ।
पोखरा विमानस्थल निर्माणका क्रममा परामर्श सेवा खरिदमा अनियमितता गरेको भन्दै अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव, उड्डयन प्राधिकरणका तत्कालीन तीन महानिर्देशकसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
नेपाल एयरलाइन्सले अन्य जिल्लाहरूमा नियमित उडान भरिरहेको भए पनि जुम्लामा भने बारम्बार 'हुन्छ' भन्दै झुक्याउने गरेको यात्रुहरूको आरोप छ।
नेपालमा हरेक वर्ष सवारी दुर्घटनाबाट करिब २९ सय जनाको मृत्यु हुन्छ। यसरी मृत्यु हुनेको संख्या सन् २०३० सम्ममा आधाले घटाउने संयुक्त राष्ट्रसंघको लक्ष्य भए पनि नेपालले उपलब्धि हासिल गर्न मुस्किल छ।
पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिन्छ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित स्वास्थ्य चौकीको एम्बुलेन्स दुरुपयोग गरी चिनियाँ चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा लगातारको वर्षाले सडक हिलाम्य भई सवारीसाधन चिप्लिएपछि यातायात आवागमन प्रभावित भएको छ।
हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ र पूर्वी रुकुम सीमा क्षेत्रमा फसेका २२० भन्दा बढी यात्रुको उद्धार गरिएको छ।
कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बलको युनिट सुरक्षामा लापरबाही देखिएको भन्दै गुल्मपति डीएसपी प्रदीप पौडेलसहितका सबै कर्मचारीलाई छानबिनका लागि प्रधान कार्यालय झिकाइएको छ।
शुक्रबारदेखि सक्रिय रहेको वर्षा गराउने मौसमी प्रणाली कमजोर भएसँगै देशभरको मौसममा क्रमिक सुधार हुन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा दुई समुदायबीच उत्पन्न विवादका कारण शान्ति सुरक्षामा खलल पुग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका दौरान बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गरी आचारसंहिता उल्लंघन गरिएका ३५० घटना दर्ता भएको एक अध्ययन प्रतिवेदनले देखाएको छ।
सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या गरिएको घटनाका दोषीलाई कडा कानूनी कारबाहीको माग गर्दै शनिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ।
काठमाडौँको भोटेबहालमा बसले ठक्कर दिँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ।
देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी र हिमाली भूभागमा बादल लागेको छ।
हिमपात र वर्षाले वारागुङ मुक्तिक्षेत्र–३ स्याङ्बोचेदेखि माथिल्लो क्षेत्रका दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ।
वर्षाका कारण दाउन्ने खण्डको सडक चिप्लो भई दुर्घटनाको जोखिम बढेपछि नारायणघाट–बुटवल सडकखण्डमा शुक्रबारदेखि रात्रिकालीन सवारी आवागमनमा आंशिक रोक लगाइएको छ।