AnonymousUser

Logout

पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोग प्रमुखको सामूहिक भेट

राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे।

आजको मौसम: हावाहुरी र असिनासहित वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।

मुस्ताङमा लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

चालु आर्थिक वर्षको भदौयता मुस्ताङ भ्रमणमा आएका पर्यटकमध्ये उच्च हिमाली भेगमा हुने 'हाई अल्टिच्युड' समस्याका कारण सात जनाले ज्यान गुमाएका छन्।

मुग्लिन–मलेखु सडकखण्डः घोप्टे भिरको भित्तो काटियो

घोप्टे भिरको दुई सय ५० मिटर लामो सडकको छेउको भित्तो काटिएको हो। यहाँ करिब ५० मिटर माथिबाट भित्तो काटेर सडक थप चार मिटर फराकिलो बनाइएको छ।

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको मृत्यु

महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत बथनाहामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

सदनका प्रतिपक्ष: सुवालको रिक्तता भर्लान् त साम्पाङले?

पछिल्ला दुई प्रतिनिधिसभामा सत्तामाथि खबरदारी गर्ने एक्लो प्रतिपक्षझैँ देखिएका प्रेम सुवाल यसपालि संसद् पुग्नै सकेनन्। धेरैको अपेक्षा छ– उनको रिक्तता हर्क साम्पाङले पूर्ति गर्नेछन्।

योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त, इन्धनमा करमा ५० प्रतिशत छुट

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गर्नुका साथै पेट्रोलियम पदार्थको भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अनुसन्धान छिटो टुंग्याउन निर्देशन

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै दायर बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरिदिए पनि तेस्रो पटक थपिएको म्याद सकिएपछि भने दुवै जनालाई हिरासतमुक्त गर्न परमादेश जारी गरेको छ।

फेवाताल जग्गाबारे अध्ययन गर्न समिति गठन, सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

सरकारले फेवातालको चारकिल्लाभित्रको जग्गाको वर्तमान अवस्था र अनधिकृत संरचनाबारे अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।

३ अर्बभन्दा धेरैको वृक्षारोपण कार्यक्रम: कागजमा सम्पन्न, फिल्डमा छैनन् रूखबिरुवा

विश्व बैंकबाट लिएको २ अर्बभन्दा धेरै ऋण, थप अनुदान र राज्यकोषसमेत खर्च गरेर वृक्षारोपण गरिएका कैयौँ ठाउँमा अहिले रूख–बोटबिरुवा देखिँदैनन्। बिरुवा रोप्ने नाममा भएको भ्रष्टाचार र बेथितिको नालीबेली:

पश्चिम एसिया द्वन्द्व: ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन

परराष्ट्रमन्त्री शिशिर खनालले पश्चिम एसियाको द्वन्द्वबाट प्रभावित ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन गरिएको जानकारी दिँदै आवश्यक परेमा तत्काल उद्धारका लागि सरकार तयारी अवस्थामा रहेको बताएका छन्।

नेप्से परिसूचक ८३ अंकले बढ्यो, १० अर्ब ९२ करोडको शेयर कारोबार

अर्थमन्त्रीको ‍आश्वासनपछि सोमबार नेप्से परिसूचक ८३.३३ अंकले वृद्धि भई २७६०.०२ को विन्दुमा पुगेको छ।

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

प्रतिनिधिसभाको सोमबारको बैठकले तीनवटाअध्यादेश सर्वसम्मतिले स्वीकृत गर्नुका साथै नयाँ नियमावली तर्जुमाका लागि मस्यौदा समिति गठन गरेको छ।

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ।

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिका लाभान्वित

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत अतिविपन्न दलित बालबालिकाका लागि सञ्चालित अङ्ग्रेजी माध्यमको अतिरिक्त कक्षाले उनीहरूको सिकाइ र विद्यालयमा नियमितता बढाएको छ।

अबुधाबीमा घाइते भएका ६ नेपाली डिस्चार्ज, एकको उपचार जारी

अबुधाबीको अब्जान क्षेत्रमा भएको घटनामा घाइते सात नेपालीमध्ये ६ जना उपचारपछि घर फर्किएका छन् भने गम्भीर घाइते एक जनाको अवस्था हाल खतरामुक्त रहेको छ।

५० प्रतिशत सहकारीले बुझाउँदैनन् नियमित प्रतिवेदन

अहिले धेरै सहकारीहरू आपसी मिलेमतोमा सञ्चालन हुँदा समस्या आएको र नियमित कानुनी प्रक्रिया पूरा नगर्दा जोखिम बढेको कामपा सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेले बताए।

सामाजिक सञ्जालमार्फत युद्धको अफवाह फैलाएको आरोपमा खाडीमा ११ नेपाली पक्राउ

पश्चिम एसियामा जारी द्वन्द्वका तस्वीर र भिडियो पोस्ट गरी त्रास फैलाएको आरोपमा विभिन्न खाडी मुलुकमा ११ जना नेपाली कामदार पक्राउ परेका छन् भने परराष्ट्र मन्त्रालयले उनीहरूको कानूनी प्रतिरक्षाका लागि समन्वय भइरहेको जनाएको छ।

शैक्षिक सत्रअघि विद्यार्थी भर्ना नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले वार्षिक परीक्षाको नतिजा नआउँदै र शैक्षिक सत्र शुरू नहुँदै विद्यालयहरूलाई नयाँ भर्ना नलिन र कानूनबमोजिम मात्र भर्ना प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ।