AnonymousUser

Logout

काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा, आइतबारदेखि मौसममा सुधार हुने

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशभर वर्षा भइरहे पनि आइतबारदेखि भने क्रमिक रूपमा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ढुंगेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चन्द्रागिरि–१५ मा बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको छ।

इनिशाको ‘डमी’ शवसहित सुर्खेतमा प्रदर्शन

इनिशा विकको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न ढिलाइ भएको भन्दै शनिबार वीरेन्द्रनगरमा अधिकारकर्मी र अभियन्ताहरूले ‘डमी’ शवसहित सांकेतिक प्रदर्शन गरेका छन्।

ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारी नियन्त्रणमा

सिंहदरबारस्थित निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले सात जनालाई पक्राउ गरेको छ भने स्थिति नियन्त्रणमा लिन एक सेल अश्रुग्यास समेत प्रहार गरिएको छ।

ओली–लेखक पक्राउपछि कांग्रेसले भन्यो– सरकारले ‘सेलेक्टिभ’ व्यवहार देखायो

कांग्रेसले भदौ २३ को घटनासँगै २४ गतेको आगजनी र विध्वंशमा संलग्न को थिए भन्ने कुरा जनताले थाहा पाउनुपर्ने र जोसुकै संलग्न भए पनि कानूनी प्रक्रियाबमोजिम कारबाही हुनुपर्ने प्रस्ट पारेको छ।

ओली–लेखकको पक्राउको विरोधमा कर्णालीमा पनि प्रदर्शन, सुरक्षा निकाय ‘हाइ अलर्ट’मा

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि हुनसक्ने अप्रत्याशित घटना रोक्न प्रदेशभरका सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन सर्कुलर जारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

ओली र लेखकको पक्राउ ‘अपरिपक्व निर्णय’: पूर्वराष्ट्रपति भण्डारी

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया र संस्थागत परामर्श अनिवार्य हुने तर्क गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको हतारको निर्णयले मुलुकमा पुनः द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउन सक्नेतर्फ सचेत गराएकी छन्।

ओली पक्राउको विरोधमा माइतीघर क्षेत्रमा एमालेको प्रदर्शन

एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीको जनवर्गीय संगठनहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।

नेपालले अस्वीकृत गरेको एसपीपी ब्युँतिन सक्छ?

अमेरिकी रक्षा मन्त्रालयबाट सञ्चालित एसपीपीबाट अलग्गिने निर्णय नेपालले तीन वर्षअघि नै गरेको थियो। तर नयाँ सरकार बन्दै गर्दा नेपालको सहभागिताबारे आशंका गर्न थालिएको छ। के हो एसपीपी, यसले के गर्छ?

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन वा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

शुक्रबार साँझको वर्षा र रोशी खोलामा आएको लेदोसहितको बाढीका कारण बीपी राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

साफ यू२० फुटबल: नेपाल सेमिफाइनलमा प्रवेश

साफ यू२० फुटबलमा घरेलु टोली माल्दिभ्ससँग १–१ को बराबरी खेल्दै नेपाल समूह ‘ए’को विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ।

पौने १९ करोड अपचलनको अभियोगमा पशुपति सहकारीका सञ्चालकविरुद्ध मुद्दा

बनेपास्थित पशुपति बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ताको १८ करोड ७६ लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा काभ्रेपलान्चोक जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण काठमाडौँसहित देशभरको मौसम बदली भई सातै प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला

शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालद्वारा पदबाट राजीनामा

महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छन्।

प्रवक्ताको जिम्मेवारी शिक्षामन्त्री पोखरेललाई, जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

सरकारले शिक्षामन्त्री सस्मित पोखरेललाई प्रवक्ताको जिम्मेवारी तोक्दै जेन–जी आन्दोलनको जाँचबुझ प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री शाहलाई भारत र पाकिस्तानका समकक्षीको बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले पदभार ग्रहण गरेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले बधाई दिँदै द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

मुस्ताङ एयरको 'नाइन एन–एएनओ' कलसाइन भएको हेलिकप्टर शुक्रबार दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको छ, जसमा क्याप्टेनसहित ५ जना सवार छन्।

१५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने नवनियुक्त अर्थमन्त्रीको निर्णय

नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसअनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने तथा विभिन्न १५ वटा ऐन खारेज वा संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।