सडक निर्माण शुरू गरेर निर्माण व्यवसायी नै सम्पर्कविहीन भएपछि सडक झनै अस्तव्यस्त बनेको छ।
ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ आङखोपस्थित सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार, सन् २०२४ सेप्टेम्बरको तुलनामा यो वर्ष सोही अवधिमा पर्यटक आगमनमा १८.३ प्रतिशतले कमी आएको छ।
कारागारका प्रशासक राजेन्द्र शर्माले आन्दोलनका क्रममा भागेका ७७३ कैदीबन्दीमध्ये ४८३ जना फर्किएको र २९० जना हालसम्म फरार रहेको जानकारी दिए।
जेनजी आन्दोलनका क्रममा भएको घटनालाई लिएर मेयर बालेन्द्र साह र सुदन गुरुङविरुद्ध परेको जाहेरीबारे प्रहरीले सरकारी वकिलसँगको सल्लाहमा २४ घण्टाभित्र निर्णय लिने भएको छ।
देशका महत्त्वपूर्ण अभिलेख जलेर खरानी हुनु भनेको देश नै स्मृतिविहीन बन्ने बाटोमा पुग्नु हो। यसबाट जोगिने उपाय एउटै छ– सरकारले नै कानून पालना गरेर अभिलेखहरूलाई डिजिटाइज्ड गर्न ढिला नगर्ने।
उजुरी आयोगसमक्ष आइपुगेको र अध्ययन गरेर थप प्रक्रिया अघि बढाउने अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए।
अमेरिकाको प्रस्तावित शान्ति योजनामा छलफल गर्न इजरायल र हमासका प्रतिनिधि इजिप्ट पुगेपछि युद्ध अन्त्य हुने आशा पलाएको छ। यसबाट हमासले बन्धक बनाएका विपिन जोशीको रिहाइको सम्भावना बढेको छ।
अवरुद्ध सडक खुलाउन, अव्यवस्थित यातायातलाई सहज बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरी तत्काल व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरेको छ।
असोज १२ गते राति गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
संयुक्त राष्ट्रसंघीय राहत र कार्य एजेन्सी (यूएनआरडब्लूए)ले गाजाका बालबालिकाहरू अकल्पनीय समस्याको सामना गर्न बाध्य भएको जनाएको छ।
लाङटाङ पदयात्राका रहेका भक्तपुरका संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ, संगीता श्रेष्ठ र रवि श्रेष्ठ भने बेपत्ता छन्।
झापा र इलामको सिमाना जोरकलशदेखि फिक्कलसम्म अवरोध नभए पनि गोदक, राजदुवाली, नेपालटारगायत ठाउँमा ठूला अवरोध छन्।
कालीगण्डकी नदीको तिरदेखि भगवतीको माझ खर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बिचमा रहेको सडकमा यातायात सञ्चालनमा समस्या भएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले दिएको जानकारी अनुसार, निधन हुनेमा १९ पुरुष, २६ महिला र १५ नाबालक रहेका छन्।
अविरल वर्षा, बाढी र पहिरोका कारण प्रभावित हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक मार्गहरू सञ्चालनमा आएका छन्।
समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, पुस १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।
गत वर्ष असोजमा भएको ठूलो जनधनको क्षतिबाट पाठ सिक्दै यस वर्ष सरकार र सरोकारवालाले विपद् व्यवस्थापनमा तदारुकता देखाए। सरकारको यो सक्रियता सामाजिक सञ्जालदेखि सर्वसाधारणसम्म चर्चाको विषय बनेको छ।
‘बीच बाटोमै सेनाले भेटेपछि एक डेढ घण्टा घुँडा टेकाएर राख्यो। हामीले जेलमा बस्दा ज्यानको सुरक्षा नभएर निस्किएको भनेपछि ‘जान दे, हजारौँ कैदी त गए, यी ३–४ जनालाई पक्रेर के हुन्छ?’ भनेर छाडिदियो।’
प्रदर्शनकारीले एम्बुलेन्समाथि आक्रमण गरेर चालकलाई समेत घाइते बनाए। बाटो पनि अवरोध गरिँदा कयौँलाई समयमा अस्पताल पुर्याउन सम्भव भएन र गोली लागेका घाइते जोखिममा परे।