आइतबार बिहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको संकेतस्वरूप रातो बत्ती बालिएको थियो।
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन्। तर अझै देशका विभिन्न ११ ठाउँमा सडक अवरुद्ध छन्।
कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
जिता नदी र खाडो खोलाको बाढी बस्तीमा पस्दा सप्तरीको तिलाठी कोइलाडीका ३०० बढी घर डुबानमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार र शनिबार परेको वर्षाले पहिरोको उच्च जोखिम बढाएकाले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि सडकमा आवागमन बन्द गरिएको हो।
निर्वाचन आयोगले मनाङ जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचन अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार आइतबार (आज) एकै दिन ४४ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता छन्।
सुनसरीमा बाढीका कारण आइतबार करिब एक हजार ३६ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गत वर्ष उनको घरमा बाढी पस्दा एक्लैले सफा गर्न दुई महिना लाग्यो। यसपटक घर छाड्नु परे पनि बस्तीमा पानी नपस्दा खुशी छिन्, तर १५ वर्षदेखि हरेक वर्षा त्रासमा बस्नु परेको छ।
इलाममा गएको पहिरोमा परी विभिन्न कामको सिलसिलामा इलाम आएका जिल्लाबाहिरका नागरिकले समेत ज्यान गुमाएका छन्।
वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुहरूलाई आइतबार नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत काठमाडौँ ल्याउने तयारी गरेको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१६ ठेगाना भएका प्रतिवादी शर्मा गत भदौ २३ र २४ गते भएको 'जेनजी आन्दोलन'का क्रममा नख्खु कारागारबाट भागेरका थिए।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजर गर्दै साँझ ५:०० बजेभित्र नागढुंगा पुगेका लामो दूरीका रात्रिकालीन बसलाई मात्रै प्रस्थान अनुमति दिइने जनाएको छ।
वर्षापछि बाढीपहिरोले मात्र नभई चट्याङ र सवारी दुर्घटनाबाट पनि धनजनको क्षति भएको छ। पहिरोले अवरुद्ध अधिकांश सडक सोमबारसम्म खुल्ने सम्भावना भए पनि बीपी राजमार्ग तत्कालै खुल्ने सम्भावना छैन।
सशस्त्र प्रहरी बलका अनुसार बाढी पहिरोमा परेर इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।
माङसेबुङ गाउँपालिका–१ का दुई जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ।
सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३५ हजार ३६० क्युसेकभन्दा बढी भएपछि ५६ ढोका खोलिएको बताए।
माङसेबुङ–१ पाटीगाउँमा पहिरोमा परेर गम्भीर घाइते भएका दुई जनाको उद्धारका लागि इटहरीबाट नेपाली सेनाको हेलिकप्टर गएको छ।
कोशी बराजमा पानीको बहाव प्रतिसेकेन्ड दुई लाख ७१ हजार ३१० क्युसेक पुगेपछि ३९ ढोका खोलिएको छ।
सप्तकोशी, बागमती, सुनकोशी, अरुण, तमोर, कनकाई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रमा बाढीले खतराको तह पार गरेका छन्।