२७ दिनपछि भेरी नदीमा इनिशाको अन्त्येष्टि

वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएकी इनिशा विकको शव २७ दिनपछि परिवारले बुझेर भेरी नदीमा अन्त्येष्टि गरेका छन्।

सुर्खेत– गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएकी इनिशा विकको २७ दिनपछि भेरी नदीमा अन्त्येष्टि गरिएको छ।

सामूहिक बलात्कारपछि इनिशाको हत्या गरिएको र दोषीलाई कारबाही नहुँदासम्म शव नबुझ्ने परिवारको अडानका कारण २७ दिनदेखि उनको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको थियो। घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि परिवार शव बुझ्न सहमत भएका थिए। दुई साता लामो अनुसन्धानपछि प्रहरीले गत साता सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

आइतबार सरकारी वकिल कार्यालयले सुर्खेत जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा मंगलबार भएको थुनछेक बहसपछि घटनामा संलग्नलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ। सुर्खेत जिल्ला अदालतको बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले आरोपित चारै जनालाई थुनामा राख्न आदेश दिएको थियो। अदालतको आदेशअनुसार उनीहरूलाई बालसुधार गृहमा पठाइने भएको छ।

फागुन २३ गते शनिबार बिदाको दिन बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी इनिशा बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन्।

jo pani balatkari lai aba ko Nepal ko kanun maa janma kaid ko byabasta garnu parxa, kunai pni halat maa mafi hunu hudaina

LAL BAHADUR BISTA

2 months ago