इरानमा कानूनी प्रक्रियामा रहेका नेपाली नागरिक अमृत झा सुरक्षित रहेको र पश्चिम एसियाको उडान अवरोधका कारण ३८ नेपालीको शव ल्याउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
काठमाडौँ– परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर थापाले झालाई हाल इरानको कारागारमा राखेर मुद्दा चलाइएको जानकारी दिए। उनका अनुसार झा मध्यपूर्वमा वर्तमान तनाव शुरू हुनुभन्दा अगावै पक्राउ परेका हुन्।
“सम्बन्धित अदालतबाट निर्णय हुन बाँकी रहेकाले सजायबारे अहिले नै केही भन्न सक्ने अवस्था छैन,” प्रवक्ता थापाले भने, “परराष्ट्र मन्त्रालयले थप जानकारी लिने प्रयास गरिरहेको छ। त्यहाँ एक जना वकिलले उहाँलाई भेटिसक्नुभएको छ र उहाँ सुरक्षित हुनुहुन्छ।”
यसैबीच, इजरायल, अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण मध्यपूर्वका विभिन्न मुलुकमा मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको मन्त्रालयले जनाएको छ। उडानहरू प्रभावित भएकाले शव व्यवस्थापनमा समस्या देखिएको हो।
मन्त्रालयका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अभिभमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ शव नेपाल ल्याउन बाँकी छन्।
त्यस्तै, हालसम्म मध्यपूर्व क्षेत्रमा भएको आक्रमणमा परी एक नेपालीको मृत्यु भएको र २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ। घाइतेमध्ये अधिकांश सामान्य उपचारपछि फर्किएका छन्। हालसम्म सो क्षेत्रमा ११ जना नेपाली पक्राउ परेको जानकारी प्राप्त भएको समेत मन्त्रालयले उल्लेख गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
