व्यवसायी भट्ट प्रहरी नियन्त्रणमा

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि व्यवसायी दीपक भट्ट काठमाडौँको गैरीधाराबाट पक्राउ परेका छन्।

काठमाडौँ– प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टलाई नियन्त्रणमा लिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले बिहीबार काठमाडौँको गैरीधारा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

ब्युरोले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा भट्टमाथि अनुसन्धान गरिरहेको छ।