पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्डमा चट्टान फुटाउने काम नसकिएकाले शुक्रबारदेखि पुनः तीन दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गरिने भएको छ।
चितवन– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्ड रातको समयमा थप तीन दिनका लागि बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०:०० देखि बिहान ४:०० बजेसम्म सडक बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोरेर सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। शर्माद्वारा बिहीबार जारी सूचनामा चैत २२ गतेसम्म सडक बन्द रहने उल्लेख छ।
इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरलगायतका स्थानमा सडक स्तरोन्नति भइरहेको छ। पटक–पटक सवारी रोक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै राति १०:०० देखि बिहान ४:०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर काम गर्न लागिएको हो।
एम्बुलेन्स र दमकलजस्ता अत्यावश्यक सेवाबाहेकका सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधनको आवागमन बन्द रहने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
