AnonymousUser

Logout

आजको मौसम :  यी प्रदेशमा हल्का वर्षाको सम्भावना

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणता बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ।

सिक्टा सिँचाइ आयोजना: २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना शुरू भएको दुई दशक बितिसक्दा हालसम्म ४६ प्रतिशत भौतिक प्रगति मात्र हासिल भएको छ, जबकि यस अवधिमा २३ अर्ब ७७ करोड २९ लाख रुपैयाँ खर्च भइसकेको छ।

‘एकद्वार सेवा प्रणाली’ लागू गर्न यस्तो छ गृह मन्त्रालयको नौबुँदे निर्देशन

गृह मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन देशभरका जिल्ला प्रशासन कार्यालयमा ‘एकद्वार सेवा प्रणाली’सहित नौबुँदे सुधार कार्ययोजना तत्काल लागू गर्न निर्देशन दिएको छ।

क्व्होलासोथारको १,२०० वर्ष पुरानो ऐतिहासिकता उजागर गरिँदै

१२ सय वर्ष पुरानो इतिहास बोकेको क्व्होलासोथारको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसाथ तमु प्येल्हु संघले स्थलगत अध्ययनसहित विशेष सक्रियता बढाएको छ।

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस गर्न रोक

मेडिकल काउन्सिलले बिरामीको भौतिक परीक्षण र प्रत्यक्ष मूल्यांकनबिना सामाजिक सञ्जालमार्फत औषधि सिफारिस गर्ने कार्य रोक्न चिकित्सकहरूलाई निर्देशन दिएको छ।

विश्व सम्पदा दिवस मनाइँदै

सम्पदा संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदै छ।

कस्तो रहला आजको मौसम?

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बादल लागेको छ।

रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार

बाराही ञँवालका नाइके प्रेम महर्जनका अनुसार रथारोहण सम्पन्न भएपछि तिथिअनुसार वैशाख ८ गते बेलुका रथ तान्ने कार्यक्रम रहेको छ।

जमुनाह नाकाबाट अवैध कुखुरा भित्रिने क्रम रोकिएन

बर्ड फ्लुको उच्च जोखिम रहे पनि बाँकेको खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भारतीय कुखुरा र चल्ला नेपाल भित्र्याउने क्रम अझै जारी छ।

संसदीय समितिका नवनिर्वाचित सभापति लिए शपथ

प्रतिनिधिसभाका १० र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

विपद् जोखिम न्यूनीकरणका लागि ३ दिनभित्र स्रोत यकिन गरिने

मौसमसम्बन्धी अन्तरदेशीय सूचना आदानप्रदानका लागि परराष्ट्र मन्त्रालयमार्फत छिमेकी मुलुकसँग सहकार्य अघि बढाउने निर्णयसमेत बैठकले गरेको छ।

बागमतीको पुँजीगत खर्च नौ महिनामा २३ प्रतिशत मात्र

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा कुल बजेटको २८.७९ प्रतिशत मात्र खर्च गरेको छ, जसमा पुँजीगततर्फको हिस्सा झनै न्यून देखिएको छ ।

पहाडमा हल्का वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

प्रतिनिधिसभाका विषयगत समितिमा सदस्य हेरफेर

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा रहेका सदस्यहरूको नामावली हेरफेर गरेका छन्।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध १० करोड ५४ लाख रुपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

देवचुलीमा सञ्चालित उद्योगद्वारा पानी प्रदूषण, छानबिन गर्न समिति गठन

देवचुली नगरपालिका क्षेत्रमा सञ्चालित चौधरी ग्रुप अफ इन्डस्ट्रियल पार्कसहितका कम्पनीले प्रदूषित पानी विसर्जन गरेको उजुरीपछि जिल्ला प्रशासन कार्यालयले ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरेको छ।

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा हुनसक्ने जनधनको क्षति कम गर्न चौबिसै घण्टा पूर्वसूचना प्रणाली र विशेष बुलेटिनसहितको आपत्कालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ।

६३२ कर्मचारीलाई कारबाही गर्न सतर्कता केन्द्रको सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रले कार्यालय समय पालना नगर्ने ६३२ कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ।

घरमै पुगेर दिन थालियो राहदानी

जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत घरमै पुगेर राहदानी उपलब्ध गराउन थालेको हो।

सेलेघाट–रामेछाप–साँघुटार सडकको निर्माण कार्य कछुवा गतिमा

सन् २०२० को नोभेम्बर ११ मा शुरू भएको आयोजना २०२३ को मे १० भित्रै सकिसक्नु पर्ने हो। तर अझै पनि सडकको बेस निर्माणको काम समेत सकिएको छैन।