कोशी राजमार्गको खाँदबारी–तुम्लिङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा ११ वर्षीय बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
संखुवासभा– कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–तुम्लिङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शनिबार दिउँसो भएको दुर्घटनामा घाइते भएका तीन जनामध्ये खाँदबारी–९ तुम्लिङटारका ११ वर्षीय मनिष कुमालको मनकामना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार दुर्घटनामा घाइते खाँदबारी–९ तुम्लिङटारका १० वर्षीय अमृत कुमाल र २० वर्षीय इकु कुमालको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।
तुम्लिङटारबाट खाँदबारीतर्फ जाँदै गरेको को २ त ५३५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको थियो। लगत्तै नेपाली सेनाको इन्द्र गुल्मको टोलीले घाइतेको उद्धार गरेर अस्पताल पठाएको थियो।
दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
