कोशी र मधेश प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
यसअघि थापाथली, मनोहरा तथा गैरीगाउँका सुकुमवासी बस्ती खाली गराइसकेको छ।
काठमाडौँसहित देशका विभिन्न ठाउँमा भएको प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको उडान प्रभावित बनेको छ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र भएका अतिक्रमण हटाउन सार्वजनिक सूचना जारी गरेको छ।
कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङसहित भारी वर्षा तथा तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।
काठमाडौँ महानगरले आधारभूत मापदण्ड पूरा नगरेका र सुधार गर्न नसकिने छात्रावास बन्द गर्ने भएको छ। छात्रावासको गुणस्तरीयता, सुरक्षा र स्वच्छता सुनिश्चित गर्न महानगरले पाँच वटा अनुगमन टोली परिचालन गरी काम थालेको छ।
कांग्रेसले सरकारले संसद् स्थगित गरी अध्यादेशमार्फत कानून निर्माण गर्ने अभ्यास लोकतान्त्रिक मूल्य र संसदीय मर्यादा विपरीत रहेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
सीमा निर्धारणमा ढिलाइ हुँदा कालीगण्डकी करिडोरअन्तर्गत जलजला गाउँपालिका–३, बेनीमा सडक कालोपत्र गर्ने योजना प्रभावित भएको छ।
काठमाडौँ महानगरपालिकास्थित गैरीगाउँ क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका सबै ठूला तथा स्थायी संरचनाहरू भत्काएर हटाइएको छ।
रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।
सुदूरपश्चिम प्रदेशप्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा आगामी बिहीबारका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका छन्।
सरकारले सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षकमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ।
लामो समयदेखि प्रदूषित रहेको काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा वर्षा शुरू भएसँगै क्रमशः सुधार आउन थालेको छ।
नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् भने आजै उनले प्रमाणपत्रसमेत बुझेका छन्।
सर्लाहीको लालबन्दी नगरपालिका–१५ पिडखोल्सीमा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
धौलागिरि हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्धार गरिएको छ।
यार्सागुम्बा संकलनको मुख्य सिजन शुरू भएसँगै गोरखाको चुमनुब्री–७ छेकम्पारका बासिन्दा गाउँ छोडेर लेकतिर लागेका छन्।
उत्पादनअनुसारको मूल्य नपाउँदा र बिचौलियाको बिगबिगीका कारण नवलपरासीका केरा उत्पादक किसानहरू व्यावसायिक खेतीबाटै विस्थापित हुने अवस्थामा पुगेका छन्।
सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्काको विवरण परिवर्तन गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।