महिनौँसम्म एक्लै जंगलमा बस्ने गोठालाहरूको साथी बनेका कुकुरले चितुवा, ब्वाँसो, भालु, स्याललगायत जंगली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन्।
यहाँका घर, टोल र मठमन्दिर झिलिमिली बत्तीले सजिएसँगै नजिकका डाँडाहरूबाट उपत्यका मनमोहक देखिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्चपदस्थ अधिकारीहरूले राष्ट्रिय झण्डाले ढाकिएको उनको शवमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
दीपावली पर्वका अवसरमा भएको आतसबाजीले दिल्लीमा थप प्रदूषण वृद्धि गरेको जनाइएको छ।
कार्यक्रममा विजेता कुकुरलाई पदक र पुरस्कार प्रदान पनि गरिएको छ।
तिहारमा अन्य साधनका यात्रु तथा सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमन सुनिश्चित गर्न टिपर सञ्चालन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए।
हाल उपत्यकाका ६०–७० स्थानमा मापसे चेकिङ भइरहेको छ। चाडपर्वका बेला मापसे गरेर सवारी चलाउँदा हुने जोखिम कम गर्न विशेष चेक प्वाइन्ट खडा गरी जाँच पनि गरिरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
नक्खु कारागारबाट जेनजी आन्दोलनको मौका छोपी फरार भएका जबरजस्ती करणी मुद्दाका कैदी २७ वर्षीय विशाल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।
गृहको सीडीओहरूलाई निर्देशन
मन्त्रालयले दीर्घकालमा असर पार्ने सुरक्षा चुनौती सतहमा आउनुपूर्व नै पहिचान एवं विश्लेषण गर्दै त्यसका लागि सूचना संकलन, विश्लेषण र उपयोगलाई समन्वयात्मक रूपमा प्रभावकारी बनाउनसमेत निर्देशन दिएको छ।
काठमाडौँ प्रहरीले प्रहरीमाथि आक्रमण, सार्वजनिक सम्पत्तिमा आगजनी र हतियार लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
झापाको कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी घाइते भएका १२ जनाको पहिचान खुलेको छ।
नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुले हवाई टिकटमा छुट पाउने व्यवस्था गरेको छ।
खाँदबारी-किमाथांका सडक सञ्चालनसँगै वरुण नदीमाथिको पक्की पुलबाट पनि सवारी आवागमन शुरू भएको छ।
लम्कीचुवा नगरपालिकाअन्तर्गतको धोबेनी खोलामा मलामी सवार ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
देशभरका मुख्य राजमार्ग सुधार भइसकेकाले तिहार मनाउन टाढा जानेहरूले समस्या भोग्नुनपर्ने सडक विभागले जनाएको छ।
घरको छतमा झिलिमिली बत्ती लगाउने क्रममा तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका साहको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।
ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत सम्पन्न गर्नेतर्फ चासो नदेखाएकाले ठेक्का तोड्न लागिएको जनाइएको छ।
महाशाखाले तिहारको समयमा ठूलो मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य असरका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने सम्भावना रहेको जनाएको छ।
जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण उपत्यकाका ट्राफिक प्रहरी पोस्टमा रहेका ब्रेथलाइजर मेसिन नष्ट भएपछि अहिले मापसे जाँचमा समस्या भएको छ।