AnonymousUser

Logout

होल्डिङ सेन्टरमा बस्नेहरूलाई बालबालिकाको शिक्षा र रोजगारीको चिन्ता

काठमाडौँ उपत्यकाका विभिन्न सुकुम्वासी बस्ती खाली गराएपछि होल्डिङ सेन्टरमा सारिएका परिवारहरू बालबालिकाको भविष्य र आफ्नो रोजगारीलाई लिएर चिन्तित बनेका छन्।

राष्ट्रपतिले जारी गरे थप ३ अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धीसहित तीन अध्यादेश जारी गरेका छन्।

अमेरिकाबाट फिर्ता ल्याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनर्स्थापना

न्यूयोर्कबाट फिर्ता ल्याइएको पुरातात्त्विक बुद्धको मूर्तिलाई काठमाडौँको ओमबहालस्थित न्हुछे बहा (बज्रधातु विहार)को आफ्नै आसनमा पुनर्स्थापना गरिएको छ।

भत्काउन थालियो धोबीखोला करिडोरका अतिक्रमित पक्की संरचना

काठमाडौँ महानगरपालिकाले धोबीखोला किनारको देवीनगर क्षेत्रमा अतिक्रमण गरी बनाइएका पक्की घरटहरा भत्काउन शुरू गरेको छ।

मंसिरमा एकता राष्ट्रिय महाधिवेशन गर्ने नेकपाको निर्णय

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ।

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

कोशी र बागमती प्रदेशका केही स्थानहरू तथा मधेश, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ जारी गरेका छन्।

सिमरा सेजको ४९० बिघा जमिन अतिक्रमित, थालियो घरटहरा हटाउने प्रक्रिया

सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको स्वामित्वमा रहेको ४९० बिघा जमिन अतिक्रमण गरी ६ सयभन्दा बढी घरटहरा निर्माण भएपछि प्राधिकरणले उक्त जग्गा खाली गराउने प्रक्रिया अगाडि बढाएको छ।

नागरिकता त्याग्ने थप १९ चिकित्सकको लाइसेन्स खारेज

नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गर्दै उनीहरूको नाम दर्ता किताबबाट हटाएको छ।

रोल्पा जिप दुर्घटना: मृतक सबैको सनाखत, छानबिन गर्न समिति गठन

रोल्पाको थबाङमा बिहीबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु भएका २० जनाकै पहिचान खुलेको छ भने छतबाट हामफालेर ज्यान जोगाउन सफल भएका एक जना उपचारपछि घर फर्किएका छन्।

वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वडा सीमा विवादका कारण सर्वसाधारणले भोग्नुपरेको समस्या समाधान गर्न नीतिगत मापदण्डको मस्यौदामाथि अध्ययन भइरहेको जनाएको छ।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकलगायत सम्बन्धित अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिको सहभागितामा देशैभर विभिन्न कार्यक्रम आयोजना गरी श्रम दिवस मनाइन्छ।

यस्तो रहनेछ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती , गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ।

रोल्पा दुर्घटना: मृतकको संख्या २० पुग्यो

रोल्पामा बिहीबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ।

सम्पत्ति जाँचबुझ आयोगको क्षेत्राधिकार तय: को-को परे छानबिनको दायरामा?

रास्वपा नेतृत्वको सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले २०४८ सालयता सार्वजनिक पदमा पुगेका पूर्वप्रधानमन्त्री र बहालवाला न्यायाधीशदेखि सेनालगायत सुरक्षा निकायका उच्च अधिकारी लगायतको सम्पत्ति छानबिन गर्ने कार्यादेश पाएको छ।

रोल्पामा जिप दुर्घटना: मृतकको संख्या १८ पुग्यो

रुकुम पूर्वबाट रोल्पाको थबाङ गाउँपालिकास्थित जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जिप बिहीबार दिउँसो थबाङ गाउँपालिका-१ सल्यापमा दुर्घटनामा परेको हो।

रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

रोल्पाको थबाङ गाउँपालिका–१, जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार 'सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३' जारी गरेका छन्।

हुम्लामा पनि डेंगीका बिरामी फेला

जिल्ला अस्पताल सिमकोटमा एक जना डेंगी संक्रमित फेला परेका छन्।

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशियामा बढ्दो भू-राजनीतिक अस्थिरताका कारण हवाई इन्धनको मूल्यवृद्धि र ट्रान्जिटको अन्योल उत्पन्न हुँदा नेपालको मुख्य पर्यटकीय याममा विदेशी पर्यटकको आगमन प्रभावित भएको छ।