AnonymousUser

Logout

धर्ना–जुलुस नगरी वार्ताको माध्यमबाट समाधान खोज्न गृह मन्त्रालयको आग्रह

गृह मन्त्रालयले आन्दोलनका कार्यक्रमले देशमा अस्थिरता निम्त्याउन खोज्ने ‘स्वार्थ समूह’लाई घुसपैठ गर्ने मौका दिई अशान्ति एवं अराजकता बढाउन सक्ने भन्दै आयोजकलाई सचेत गराएको छ।

असोजमा अन्नपूर्ण क्षेत्रमा भित्रिए ३० हजार पर्यटक

असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्रै तथ्यांक राख्ने गरेको छ।

पोखरामा सामान्य विवादमा कुटपिट हुँदा एक जनाको मृत्यु

हत्या अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

१००औँ जन्मदिनमा लालबहादुरलाई गाउँपालिकाको सम्मान

पर्वतको जलजला गाउँपालिका–२ ओखरबोटका लालबहादुरले आफ्नो १००औँ जन्मदिन आँगनमै जनप्रतिनिधहरू र छिमेकीसँग मनाए। त्यस क्रममा उनले जीवन भोगाइका अनुभव पनि सुनाए।

आन्दोलनमा पुर्‍याइएको 'क्षति कारण' हायात रेजेन्सी अनिश्चितकालका लागि बन्द

जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षति पुगेको कारण मर्मत गर्नुपर्ने भन्दै हायात रेजेन्सीले होटल बन्दको घोषणा गरेको छ। त्यहाँ कार्यरत मजदुरलाई पनि काममा नआउन भनिएको छ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

बाँफीकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ।

विवादै विवाद, उन्मुक्ति नै उन्मुक्ति

सुशासन र  भ्रष्टाचारविरुद्ध भएको जेनजी आन्दोलनपछि नयाँ सरकारले आकार लिइरहेको बेला नेवानिका कार्यकारी अध्यक्ष भने 'अशुली धन्दा' चलाइरहेका थिए। अवकाशको समय आए पनि अझै उनी कार्यकाल लम्ब्याउने कसरतमा छन्।

नहरमा डुबेर ३ बालिकाको मृत्यु

कैलालीको कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीबहिनीसहित तीन जना बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

कोशी पर्यटन वर्षमा पहाड घुम्दै भारतीय पर्यटक

सूर्योदय हेर्न इलामको श्रीअन्तुडाँडामा दैनिक हजारौँ स्वदेशी तथा बाह्य पर्यटकको भीड नै लाग्ने गर्दछ। कोशीटप्पु आरक्ष क्षेत्रमा चरा हेर्नेदेखि वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गरेको छ।

पेस्तोलसहित एकजना पक्राउ

मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनी स्थानीयले खबर गरेपछि पुगेको प्रहरी टोलीले ती व्यक्तिको साथबाट नगद चार लाखसहित पेस्तोल बरामद गरेको हो।

रुपन्देहीमा मूर्ति विसर्जनमा गएका तीनजनाको डुबेर मृत्यु

मायादेवी गाउँपालिका-१ स्थित गाउँमै मंगलबार भएको दुर्गलक्ष्मी पूजाको मूर्ति विसर्जनमा गएका दुई बालकसहित ३ जनाको बुधबार मृत्यु भएपछि ठूलो दुवियाटोलमा अहिले शोक छाएको छ।

आज भाइटीका, मिथिला क्षेत्रमा पनि भैयादुज मनाइँदै

यस वर्ष तिथि वृद्धि भई छैटौं दिनमा भाइटीका परेको छ। भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा रहे पनि आज दिनभर टीका लगाउन कुनै बाधा नपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।

शान्ति सैनिकको संख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो

नेपाली शान्ति सैनिक हाल विश्वका विभिन्न द्वन्द्वरत मुलुकमा स्थापना गरिएका १० वटा मिसनमा तैनाथ छन्।

मार्ग खुलेको १२ वर्षपछि सञ्चालनमा

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाटदेखि मौवाफाँट जोड्ने यो सडकको विसं २०७० मा ट्र्याक खुलेको थियो।

कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले बुधबार कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य केही पहाडी भूभागमा वर्षाको सम्भावना छ। बाँकी स्थानमा मौसम सफा रहनेछ।

आगलागीबाट दुई घर जलेर नष्ट

ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्।

जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

किसानहरू बर्खेबाली धानसहित कोदो, सिमी र फापरलगायतका बालीनाली भित्र्याउने चटारोमा छन्।

विपिन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए

हमासले बन्धक बनाएको अवधिमै गाजामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको आज बिहान महाकाली नदीस्थित भुजेलाघाटमा अन्त्येष्टि गरियो।

बाँदरबाट जोगाउन किसानले समयअगावै टिपे सुन्तला

सुन्तला बगैँचामा पसेका बाँदरले फल मात्र नभई बोटसमेत भाँचेर नष्ट गरिदिने गर्दा किसानहरू हरियोमै सुन्तला टिप्न बाध्य भएका छन्।

विपिन जोशीको आज अन्त्येष्टि गरिँदै, शोकमा मालिकार्जुन टोल

नेपाली सेनाको सहयोगमा सोमबार साँझ कञ्चनपुर पुर्‍याएर परिवारलाई विपिन जोशीको शव जिम्मा लगाइएको थियो। शव जिम्मा लगाउन इजरायली दूतावासका अधिकारी पनि कञ्चनपुर पुगेका थिए।