मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्नुका साथै विभिन्न विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।
गर्मी बढेसँगै म्याग्दीका किसानहरू हिउँदयामभरि बेँसीमा राखिएका आफ्ना घुम्ती पशुगोठलाई हिमाली भेगका लेकतर्फ सार्न थालेका छन्।
सशस्त्र प्रहरी बलमा माथिल्लो तहमा रिक्त पदमा बढुवा गर्न आलटाल गरिँदा त्यसको असर तलसम्म परेको छ जसले संगठनलाई नै असमञ्जसमा पार्न थालेको छ।
मंगलबार नेप्से परिसूचक १८.१० अंकले घटेको छ भने पाँच अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
महोत्तरीको जलेश्वरमा अन्तर्राष्ट्रियस्तरको इन्जिनियरिङ कलेज सञ्चालन गर्ने भन्दै किसानबाट सस्तो मूल्यमा खरिद गरिएको ३५ बिघा जग्गा तीन दशक बितिसक्दा पनि प्रयोगविहीन अवस्थामा छ।
मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ।
रास्वपाले भूपदेव शाहलाई महामन्त्रीमा मनोनीत गरेको छ भने लेबी व्यवस्थामा हेरफेर गरेको छ।
नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग जोडिएको शेयर विवादका विषयमा स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिनको माग गरेको छ।
तराईका जिल्लाहरूमा तापक्रम ह्वात्तै बढेसँगै तातो हावा (लु) को जोखिम बढेको भन्दै विज्ञहरूले जनस्वास्थ्य र कृषि क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ।
कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको कागबेनी–छुसाङ सडकखण्डमा कालोपत्रसहितको स्तरोन्नति कार्यले गति लिएको छ भने आयोजनाले दुई वर्षभित्र काम सक्ने गरी निर्माणलाई तीव्रता दिएको छ।
‘सुशासनका लागि’ सरकारले उच्चपदस्थ राजनीतिक नेतृत्वदेखि कर्मचारीले कमाएको सम्पत्ति छानबिन गर्न बनाएको आयोगले क–कसलाई छानबिनको दायरामा ल्याउला भन्नेमा अहिले धेरैको चासो जोडिएको छ।
रास्वपाले आगामी वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन शुरू गर्ने निर्णय गरेको छ। साथै, पार्टीले प्रवास विभाग प्रमुखको जिम्मेवारी सांसद दीपक बोहरालाई दिएको छ।
रोशी खोलाले बगाएको डाइभर्सन मर्मतपछि बीपी राजमार्गमा एकतर्फी सवारी आवागमन शुरू भएको छ।
इन्धन र निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काको काम रोकिने अवस्थामा पुगेको छ।
पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा यस वर्षको फस्ट फ्लस शुरू भएको छ। अनुकूल मौसमका कारण यस वर्ष चियाको उत्पादन र गुणस्तर राम्रो हुने अपेक्षा गरिएको छ।
सडक डिभिजन कार्यालय हेटौँडाले वीरगन्जको गण्डकचोकदेखि मितेरीपुलसम्मको मुख्य सडक क्षेत्रमा मापदण्डविपरीत निर्माण गरिएका करिब एक हजार २०० घरटहरा भत्काउन थालेको छ।
गए राति मधेश प्रदेशका विभिन्न जिल्लामा आएको हावाहुरीले जनजीवन प्रभावित बनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणता बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ।
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना शुरू भएको दुई दशक बितिसक्दा हालसम्म ४६ प्रतिशत भौतिक प्रगति मात्र हासिल भएको छ, जबकि यस अवधिमा २३ अर्ब ७७ करोड २९ लाख रुपैयाँ खर्च भइसकेको छ।