AnonymousUser

Logout

अपुष्ट खबर बन्यो हिल्टन ध्वस्त हुने कारण, सञ्चालक भन्छन्– फेरि उठ्छौँ

हिल्टनमा आगजनी र लुटपाट गर्ने समूह साँझ ४ बजेसम्म सक्रिय थियो, ५ बजेतिर आगोको लप्काले पूरै लपेट्यो। भोलिपल्ट साँझसम्मै बलेको आगोले हिल्टन ध्वस्त भयो। आगजनीको कारण थियो– एउटा अपुष्ट समाचार।

जलेका प्रहरी कार्यालय पुनर्स्थापनामा जुट्दै छन् स्थानीय

जेनजी आन्दोलनमा काठमाडौँ उपत्यकाका धेरै प्रहरी कार्यालयमा आगजनी भयो, जसले प्रहरीलाई भाग्न बाध्य बनायो। अहिले स्थानीय बासिन्दा जुटेर जलेका भवन सरसफाइ गर्दै प्रहरीलाई काम सुचारु गर्न सहयोग गरिरहेका छन्।

यस्तो छ नेपालबारे विदेशी मिडियाको ‘कभरेज’

विदेशी सञ्चारमाध्यमहरूले भदौ २३ गतेदेखि नै नेपाललाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गरिरहेका छन्। भारतदेखि युरोप र अमेरिकाका सञ्चारमाध्यममा लगातार नेपालसम्बन्धी समाचार प्रकाशित भइरहेका छन्।

मानव अधिकारवादी भन्छन्– सरकारको अनुचित बल प्रयोग र राजनीतिक कमजोरी

जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु हुनेगरी प्रहरीले गोली चलाएको विषयलाई मानव अधिकारवादीहरूले सरकारको राजनीतिक कमजोरी र अत्यधिक बल प्रयोगको घटना भनेका छन्।

उत्तरी नाकाहरू बाढीपहिरोले बिथोलिँदा खल्बलिँदै व्यापारचक्र

रसुवागढी नाका ठप्प भएपछि चीनतर्फ अड्किएका कन्टेनर फेरि खासा हुँदै तातोपानीतर्फ ‘रि–रुट’ गरिएको छ। तर पहिरोले तातोपानी नाकामा पनि अवरोध हुँदा चाडबाडका लागि भित्र्याइएका सामान कहिले आइपुग्ने टुंगो छैन।

रेडियो नेपालको जग्गा २ अर्ब ६२ करोडमा बिक्री, कर्मचारीका लागि खर्च गर्न दबाब

अवकाशप्राप्त र निकट भविष्यमा अवकाश पाउने कर्मचारीको सेवासुविधा र निवृत्तिभरणमा जग्गाको आम्दानी खर्च गर्नुपर्ने लबिइङमा कर्मचारी छन्। मन्त्रिपरिषद्ले भने पुँजीगत खर्चका लागि स्वीकृति दिएको छ।

उच्च अदालतमा न्यायाधीश नियुक्ति: समावेशिताको सिद्धान्तलाई बेवास्ता गरिएको आरोप

कानून व्यवसायी र राजनीतिक विश्लेषकले उच्च अदालतमा न्यायाधीश नियुक्ति संविधानको मर्मविपरीत भएको टिप्पणी गरेका छन् भने नेपाल बार एसोसिएसनले पनि प्रेस विज्ञप्ति जारी गरी यसप्रति असहमति जनाएको छ।

पर्सामा प्रशासन र प्रहरीको ‘असुली अभियान’: बेकसुर नागरिकलाई पक्रिँदै, थुन्दै

जिल्ला प्रशासन तथा प्रहरी कार्यालयको गैरकानूनी गतिविधिले भ्रष्टाचार र तस्करी मात्र मौलाएको छैन, पर्साका नागरिकले सास्तीसमेत पाएका छन्। प्रशासनले बिनाकारण पनि थुनामा राखेर स्थानीयलाई आतंकित बनाएको छ।

बलात्कार उजुरीमा प्रहरीले अनुसन्धान नगर्दाको परिणाम– हत्या

सहमतिमा भएको शारीरिक सम्बन्धको भिडिओ र फोटो खिचेर ‘ब्लाकमेल’ गर्दै पटकपटक बलात्कार गरेको उजुरीपछि पनि प्रहरीले अनुसन्धानमा हेलचेक्र्याइँ गरेको थियो। त्यही हेलचेक्र्याइँ भयानक घटनाको कारण बनेको छ।

स्वर्णदेशः रंगमञ्चमा ‘डंकी रुट’

जति परिस्थिति असहज हुँदै जान्छ, त्यति सहयात्रीहरूमा आपसी विश्वास र सहयोग भंग हुँदै जान्छ। फेरि एक अर्कालाई भरोसा गर्नुको विकल्प पनि हुँदैन। नयाँ यात्री जोडिन्छन्। आफ्नै साथी छुट्न्छन्।

गुठीको साढे पाँच बिघा जग्गा हडप्न नक्कली लालपुर्जा

पर्सामा रहेको श्री काशी श्यामराज राजेश्वरी गुठीको पाँच बिघा आठ कठ्ठा जग्गाको नक्कली लालपुर्जा भेटिएको छ। उक्त लालपुर्जा पर्सागढी नगरपालिका–४ का शेख मन्जारुल मियाँको नाममा छ।

पानीको हाहाकारले तिर्खाएको वीरगन्ज, के छ समाधान?

चापाकल छन्, पानी आउँदैन। महानगरले ट्यांकरबाट बाँड्छ, छिनाझपटी हुन्छ। डिप बोरिङबाट निकालिएको पानी पहुँचवालाले मात्र पाएको स्थानीय गुनासो गर्छन्। पानीको हाहाकार भइरहेको वीरगन्जमा के छ समाधान?

संसारकै महँगो आँप जापानको मियाजाकी, नेपालमा परीक्षण उत्पादन सफल

जापानमा एक किलोकै ५ लाख नेपाली रुपैयाँभन्दा बढी पर्ने आँप फलाइन्छ। ‘एग अफ सन्’ अर्थात् सूर्यको अण्डाको उपमा दिइएको यो आँपको नेपालका दुई स्थानमा गरिएको परीक्षण उत्पादन सफल भएको छ।

‘मेडिकल टुरिजम’ साकार पार्ने नेपालका आँखा अस्पतालहरू

नेपालमा आँखा उपचार करिब पाँच दशकअघि वीर अस्पतालबाट शुरू भएको हो। हाल देशभर फैलिएका ‘डेडिकेटेड’ अस्पतालमा आँखाको शल्यक्रिया गर्ने नेपालीभन्दा विदेशी धेरै छन्। आँखा उपचारमा लामो फड्को कसरी सम्भव भयो?

प्लास्टिकको रिसाइकल न व्यवस्थापन: स्रोतको रूपमा उपयोग नहुँदा ‘फोहोर’

फोहोरको रूपमा फालिने प्लास्टिक रिसाइकल गर्दा आम्दानीको स्रोत मात्र बन्दैन, पर्यावरण जोगिनुका साथै रोजगारीको अवसरसमेत सिर्जना हुन्छ। तर त्यही प्लास्टिक व्यवस्थापन अहिले चुनौतीपूर्ण बनिरहेको छ।

आयोडिनयुक्त नुनसम्बन्धी ऐन २६ वर्षपछि सक्रिय हुँदै, के छ व्यवस्था?

सरकारको समेत लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले मात्र गरिरहेको नुनको आयात अब निजी क्षेत्रलाई पनि दिनसक्ने बाटो खुल्ने भएको छ। तर सरकारका अधिकारी त्यसका लागि ऐन सक्रिय नपारिएको बताउँछन्।

आँप सिजनअगावै बजारमा, खाँदा स्वास्थ्यलाई लाभ कि हानि?

आँप यसपालि चैतदेखि नै बजारमा छ्यापछ्याप्ती पाइन थालेको छ। सिजनभन्दा निकै अगाडि कसरी बजारमा आउँछन्, यी आँप मानव स्वास्थ्यका लागि कति सुरक्षित छन्?

कर नबढेपछि बजेटअघि ह्वात्तै भित्रिएका ईभीको बजार के हुन्छ?

आगामी आर्थिक वर्षको बजेटमा कर बढ्ने आकलन गरी व्यवसायीले ईभीको आयात ह्वात्तै बढाए, तर कर यथावत रह्यो। अब उपभोक्तालाई साउनअघि नै गाडी किन्ने हतारो नहुँदा व्यापारी भने चाँडो बेच्ने दबाबमा हुनेछन्।

विदेशबाट आयातित तेल भारत पठाउँदा उच्च देखिएको निर्यात, अर्थतन्त्र सकारात्मक बाटोमा हो?

अहिलेसम्मकै उच्च देखिने पछिल्लो १० महिनाको निर्यातका पछाडि जोडिएको छ विदेशबाट आयात गरेर प्रशोधनपछि भारततर्फ पठाउने गरिएको खाने तेल। व्यवसायी भन्छन्– यो स्थायी होइन।

भन्सार महसुल बढ्ने चर्चाले ईभी आयात उच्च, ‘स्टक’ रहने गाडीको मूल्य के होला?

कर बढ्ने आकलन गरेर व्यवसायीले बजेटअघि विद्युतीय गाडीको आयात ह्वात्तै बढाए पनि आउँदो आर्थिक वर्षसम्म स्टक रहने तिनै गाडी उपभोक्ताले कति मूल्यमा पाउँछन् भन्नेबारे अन्योल नै छ।