यो वर्ष वैशाखदेखि बेलाबेला बिजुली जाने समस्या दोहोरिइरहेको छ। बत्ती जाँदा सामाजिक सञ्जालमा प्राधिकरण नेतृत्वविरुद्ध आक्रोश देखिन्छ। किन बत्ती गइरहेको छ? अघिल्ला वर्ष पनि यो मौसममा बत्ती जान्थ्यो?
दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीले नियुक्त हुन पेश गरेका अनुभवका दुई वटा प्रमाणपत्रमाथि अख्तियारले छानबिन थालेको छ। दुई वटा कम्पनीमा एकै समय काम गरेको देखिएपछि भण्डारीविरुद्ध उजुरी परेको थियो।
तनाव लम्बिएमा आयातित वस्तु महँगिनुका साथै अनिश्चितताको मनोविज्ञानले नेपालभित्रै पनि वस्तु जम्मा गरेर कृत्रिम अभाव सिर्जना हुन सक्छ। यसले उपभोक्तामाथि प्रत्यक्ष आर्थिक भार थप्न सक्छ।
नेपालमा उत्पादन भइरहेका लेमिनेटेड बोरा ‘रिसाइकल’ गर्न उच्च खर्च लाग्ने र नस्ट गर्दा वातावरणमा असर पर्ने विज्ञहरूको आवाज नसुनी सरकारले अध्ययनबिना नै किन सिमेन्ट प्याकेजिङमा त्यही बोरा अनिवार्य गर्यो?
नेपालमा विभिन्न व्यक्तिले आफ्नो सुविधाअनुसार प्लास्टिक ‘रिसाइकल’ गरिरहेका छन्। प्लास्टिकको पुन: प्रयोगका लागि वैज्ञानिक मापदण्ड र कानूनी आधार तय गर्न आवश्यक रहेको विज्ञहरूले औँल्याएका छन्।
मापदण्डको प्रश्न उठाएर गाडी गुड्नै नदिइएको विष्णुमतीको पुलमा कुनै कैफियत नभएको मध्यस्थको प्रतिवेदन र पुल खोल्नुपर्ने अदालतको निर्देशनलाई सडक विभागले पालन गरेको छैन। पुल रोक्न कसको के स्वार्थ छ?
नेपालमा स्मार्ट फोन न बन्छ, न एसेम्बल हुन्छ। पछिल्लो समय टिकटक, रिलजस्ता भिडियो बनाउन पनि महँगा मोबाइलको खोजी हुन्छ। यो वर्ष अहिलेसम्म गत वर्षको तुलनामा झन्डै १३ प्रतिशत धेरै स्मार्ट फोन आयात भएको छ।
सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरेर चालु आर्थिक वर्षमा ४० प्रतिशतसम्म भाउ बढाउँदा उद्योगमन्त्रीले मूल्यवृद्धिकै समर्थन गरे। पछिल्लो समय अर्को निर्माण सामग्री फलामे छडमा पनि मूल्यवृद्धि गरिएको छ।
सरकारको अनुदान रकमबाट किनिएका सञ्चार उपकरण अहिले पनि दुर्गमका बैंक तथा वित्तीय संस्था, जलविद्युत् आयोजनालगायतले प्रयोग गर्न सक्छन्। तर यी उपकरणबारे सरकारले चौधरी ग्रुपसँग सोधखोज नै गरेको छैन।
झन्डै दशकसम्म यूटीएलको सेवा सञ्चालनमा छैन, तर लगानीकर्तालाई राजस्वको आर्थिक भार थपिइरहेको छ। यसो हुँदा पनि यूटीएललाई कसले र किन खारेज हुनबाट जोगाउन खोजिरहेको छ?
प्रयोगशालाका लागि मेसिन किन्ने जिम्मा निश्चित कम्पनीलाई दिनेगरी शर्त राखेर स्वास्थ्य सेवा विभागले बोलपत्र मागेको छ। ती शर्तका कारण भविष्यमा प्रयोगशाला सञ्चालन खर्चसमेत बढ्ने व्यवसायी बताउँछन्।
सर्वोच्च अदालतले बुधबार मुद्दा खारेज गरेसँगै सडकलाई मध्यबाट दुवैतिर २५/२५ मिटर फराकिलो बनाउन कानूनी अड्चन हटेको छ।
नक्खु खोलामा गत असोज १२ गते आएको बाढीले दुई जनाको मृत्यु भयो भने दुई जना अझै बेपत्ता छन्। ४० भन्दा बढी टहरा बगे। यो बाढीको कारण थियो– खोला साँघुरो बनाउँदै ललितपुर महानगरले नक्खुडोलमा बनाएको पुल।
मकवानपुरबाट राप्ती नदीलाई डाइभर्सन गरी दुधौरा झार्ने र बारा, पर्सालगायत जिल्लामा खानेपानी बाँड्ने सरकारको योजना छ। राप्तीलाई डाइभर्सन गरी करिब १२ किलोमिटर टाढा लगेपछि मधेश प्रदेश प्रवेश सम्भव हुनेछ।
व्यवसायी उपेन्द्र महतोको स्वामित्वमा रहेको मेडिसिटी अस्पतालको मातृसंस्था, अश्विन्स् मेडिकल कलेज किन अघि बढेन? यसपछाडि जोडिन्छ, हदबन्दीभन्दा धेरै जग्गा ओगटेर ‘रियल–इस्टेट’ व्यवसाय चलाउने स्वार्थ।
सरकारले सिमेन्टको प्याकेजिङ गर्न ‘लेमिनेटेड’ बोरा अनिवार्य गरेको छ। तर नेपालमा एनएस चिह्न प्राप्त बोरा उत्पादन गर्ने उद्योग एउटा मात्र हुँदा मूल्यमा एकाधिकार हुने सिमेन्ट उत्पादकको चिन्ता छ।
पछिल्लो ६ महिनामा सिमेन्टको मूल्य ४० प्रतिशत बढेपछि हस्तक्षेप गर्न संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको थियो। तर मूल्य बढाउन ‘कार्टेलिङ’ गरेका उत्पादक फुक्काफाल छन्।
पछिल्ला तीन वर्षमा विद्युतीय गाडी (ईभी)को आयात ह्वात्तै बढ्दा सार्वजनिक यातायातमा पनि विद्युतीय गाडीको उपस्थिति बाक्लिँदै गएको छ।
तराई कांग्रेसले २००८ सालमै उठाएका मधेशका मुद्दालाई गजेन्द्रनारायण सिंहले ४ दशकपछि संसद् प्रवेश गराए। उनले नेपाल सद्भावना पार्टी खोलेर मधेशमा धेरैलाई नेता बनाए, अहिले त्यही पार्टी दृश्यबाट हराएको छ।
सरकारले वीरगन्ज महानगरलाई बीपी उद्यान बनाउन दिएको १० बिघा जग्गाको ठूलो भागमा टहरा हालेर लामो समयदेखि पसलहरू सञ्चालित छन्। पछिल्लो समय महानगरले जग्गा खाली गर्न सूचना जारी गरे पनि कारबाही चलाएको छैन।