AnonymousUser

Logout

चुनावी खर्च ६० अर्ब आकलन, तर अपारदर्शी!

सरकारले गर्ने औपचारिक खर्च २५ अर्बबाहेक उम्मेदवारहरूबाट हुने अनुमानित २५ अर्ब र सर्वसाधारणबाट हुने १० अर्ब खर्च तथा त्यसको आय पारदर्शी नहुने अर्थशास्त्रीहरू बताउँछन्। कसरी गरिन्छ अपारदर्शी खर्च?

सभापति गगन थापा झरे मधेश, फर्किएला कांग्रेसको विरासत?

शेरबहादुर देउवालाई अपवाद मान्दा कांग्रेसमा सभापति भइसकेका नेता कुनै न कुनै समय तराई–मधेशबाट उम्मेदवार बनेकै छन्, गगन पनि सभापति हुने बित्तिकै उतै लागे। क्षेत्र परिवर्तन गर्ने उनको निर्णयले मधेशमा प्रभाव पार्ला?

कांग्रेस ‘प्रजापरिषद् बन्ने दिशामा गएको’ भन्नुको अर्थ के हो?

राणा शासनविरुद्ध क्रान्तिको जग हाल्ने नेपाल प्रजापरिषद् २०१५ सालमा दुई टुक्रा भएर चुनावमा गयो र हार बेहोर्‍यो। अहिले यो पार्टी इतिहासमा सीमित छ। अस्तित्व नै मेटिने के कारण थियो, कांग्रेसलाई किन तुलना गरिन्छ?

मधेशकेन्द्रित दलमा ‘अस्तित्व रक्षा’का लागि एकता

२०८१ माघमै सहकार्य र एकताका लागि कार्यदल बनाए पनि मधेशकेन्द्रित दल एक हुन सकेका थिएनन्। तर पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले पहिचान र अस्तित्व रक्षाका लागि भए पनि उनीहरू मिल्न बाध्य भएको विश्लेषकहरू बताउँछन्।

कति भरोसायोग्य छन् ईभीका ब्याट्री?

एकपटकको चार्जमा १२ सय किमिसम्म गुड्ने, १५ देखि २० मिनेटमा ८० प्रतिशतभन्दा बढी चार्ज हुने ईभी आइसके। आगोबाट सुरक्षाजस्ता सुविधा थप्न ब्याट्री कम्पनीहरूबीच प्रतिस्पर्धा छ। बिस्तारै ईभीप्रतिको संशय हट्दै छ।

डलरसँग कमजोर नेरुः भारुसँगको स्थिर विनिमय दर पुनरवलोकन कति आवश्यक?

विश्वव्यापी व्यापार ढाँचामा भारतीय निर्यात कमजोर हुँदा र अमेरिकी नीतिमा परिवर्तन आउँदा भारतमा डलरको भाउ बढेसँगै त्यसको असर नेपाली मुद्रामा परेको छ। के भारु र नेरुको स्थिर विनिमय दर परिवर्तन आवश्यक छ?

‘चुनाव नलड्ने मन्त्रिपरिषद्’का मन्त्री कुलमानलाई लागेको चुनाव

सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि ‘चुनाव नलड्ने व्यक्ति’को खोजी गर्दा मन्त्रिपरिषद् विस्तारमा ४४ दिन अलमल भयो। तर कार्की प्रधानमन्त्री भएको तेस्रो दिनमै मन्त्री बनाइएका घिसिङ अहिले चुनावी अभियानमा छन्।

नेपाल–साइनो जोगाइराखेका मलेसियाका ‘गुर्खा’

क्वालालम्पुरको कोटा राया क्षेत्रमा ‘फैसन सेन्टर’ चलाउने शान्ति थापाका जिजुबाजे मलेसिया पुगेका थिए। यसरी चारपाँच पुस्ताअघि नै यहाँ आएका परिवारका सन्तान मलेसियाभरि छरिएका छन्। १०० वर्षअघि नै नेपाली कसरी मलेसिया पुगे?

के हो डेडिकेटेड र ट्रंकलाइन महसुलको ७ वर्ष लामो विवाद?

दैनिक १८ घण्टासम्म पुगेको लोडसेडिङ २०७३ सालको तिहारबाट मुख्य शहरहरूमा र २०७५ वैशाखबाट देशभर समाप्त भएको घोषणा भयो। तर लोडसेडिङमा उद्योगहरूलाई दिइएको अतिरिक्त सुविधाको महसुल विवादले अहिलेसम्म छाडेको छैन।

बिहारमा दोहोरिँदै एनडीए सरकार, ‘चुनावी रणनीतिकार’ प्रशान्तको दल शून्य सिटतर्फ

दक्षिणका १३ जिल्लासँग सीमा जोडिने बिहारको विधानसभा चुनावको चासो नेपालीलाई पनि हुने त छँदैछ, त्यहाँ बन्ने सरकारको नीतिले नेपाल पनि प्रभावित हुन्छ। तर यसपटक नीतिशकै नीतिले निरन्तरता पाउने निश्चित भएको छ।

कांग्रेस संस्थापन पक्षले निर्वाचनपछि महाधिवेशन गर्न चाहनुको अन्तर्य

कांग्रेस संस्थापन पक्ष महाधिवेशनलाई जसरी पनि निर्वाचनपछि धकेल्ने रणनीतिमा हुँदा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले तत्काल विशेष महाधिवेशन बोलाउन माग गरेका छन्। किन महाधिवेशनको मितिमा चर्को बहस भइरहेको छ?

बिहार विधानसभा निर्वाचनसँग के छन् नेपालको सरोकारका विषय?

सीमा सम्बन्ध मात्र नभएर सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सरोकार पनि बिहारसँग गहिरो रूपमा जोडिने भएकोले त्यहाँको चुनाव र राजनीतिक परिवर्तनले नेपालका लागि अर्थ राख्दै आएको विश्लेषक बताउँछन्।

भारतीय बैंकले नेपालीलाई ऋण दिने भनिएको भारतको नीतिगत निर्णय के हो?

भारतीय नीतिअनुसार त्यहाँका तीन बैंक स्टेट बैंक अफ इन्डिया, पञ्जाब नेसनल बैंक र आईसीआईसीआई बैंक नेपालीलाई ऋण दिन योग्य छन्। नेपालले पनि विदेशबाट ऋण लिने विषय नीतिगत रूपमा खुल्ला राखेको छ।

मारवाडी समुदायप्रति फैलाइएको अफवाह, परिणाम– भौतिक आक्रमण

पौने दुईसय वर्षअघि सरकारकै जोडबलमा नेपाल आएका मारवाडी समुदायप्रति सामाजिक सञ्जालमा फैलाइएका अफवाह र उनीहरूका व्यवसायबारे गरिएका नकारात्मक व्याख्या–प्रचारको दुष्परिणाम देखिन थालेको छ।

ब्याट्रीको प्रयोग बढेको बढ्यै, वातावरण र मानव स्वास्थ्य कसरी जोगाउने?

रिमोट, भित्तेघडी, पेन टर्च, क्यामरा, इन्भर्टरजस्ता वस्तुमा प्रयोग हुने ब्याट्री फोहरमा मिसिएर वातावरणमा पुगेकै थियो, अब ईभीको प्रयोग बढिरहँदा दशकपछि यसको व्यवस्थापन थप चुनौतीपूर्ण बन्ने भएको छ।

भारतमा ‘जीएसटी स्ल्याब’ फेरिँदा नेपालमा कस्तो असर पर्छ?

महँगीबाट राहत दिने उद्देश्यले भारतको संघीय सरकारले लागू गरेको करको नयाँ दायराले त्यहाँ दैनिक उपभोग्य र अन्य वस्तुको मूल्य घट्दा नेपालमा हुनसक्ने चोरीपैठारी र अन्य प्रभावबारे प्रश्न उठ्न थालेको छ।

निजी क्षेत्रमा कहिल्यै नभएको नोक्सानी यसपटक, व्यवसायी भन्छन्– नकारात्मक प्रचारको परिणाम

भदौ २४ को विध्वंशमा करिब ८० अर्ब बराबरको नोक्सानी भएको उद्योग वाणिज्य महासंघको आकलन छ। उद्योग, व्यवसायीप्रति कतिपय मिडिया र सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रम पनि यसमा जिम्मेवार भएको व्यवसायी बताउँछन्।

उद्योगी–व्यवसायीलाई उधारो सकस: जेनजी आन्दोलनपछि समस्या झन् बढ्यो

मन्द गतिमा रहेको उधारो असुली जेनजी आन्दोलनयता ठप्पप्रायः भएपछि वीरगन्जका उद्योगी–व्यवसायीलाई दशैँमा कर्मचारीलाई तलब खुवाउनसमेत सकस भयो। उनीहरूले यो समस्या समाधान गर्न सरकारले उधारो कारोबार व्यवस्थित गर्न कानूनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।

फेरिँदैछ मधेशको लोक जीवनमा जोडिएको मेला

आधुनिक विकल्पहरूबीच अब आपसी सञ्चार संवादका लागि मेला आवश्यक माध्यम रहेन। मनोरञ्जन लोक परम्परा र लोक कलामा निर्भर रहेन। किनमेल स्थानीय उत्पादन,सीप र कौशलमा आधारित रहेन।

व्यवसायी भन्छन्: शान्ति सुरक्षाको ग्यारेन्टीसहित विशेष प्याकेज नभए अर्थतन्त्र उठ्दैन

सरोकारवालाले विगतका भूकम्प, आन्दोलन र अन्य संकटभन्दा यसपटकको समस्या फरक भएको भन्दै अर्थतन्त्रलाई उकास्न नीतिगत सुधार, सुरक्षाको प्रत्याभूति र पुनर्निर्माणमा जोड दिएका छन्।