पोखरा रंगशालामा भएको फाइनल खेलमा साबिक विजेता बांग्लादेशलाई ४–० गोल अन्तरले हराउँदै भारत साफ यू१९ च्याम्पियन बनेको छ।
कास्की– पोखरामा सम्पन्न 'साफ यू१९ महिला च्याम्पियनसिप' फुटबलको उपाधि भारतले जितेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनल भिडन्तमा साबिक विजेता बांग्लादेशमाथि ४–० को जित निकाल्दै भारत च्याम्पियन बनेको हो।
भारतले खेलको पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा थप तीन गोल थप्यो। खेलको ४२औँ मिनेटमा कप्तान जुलान नोङमेथेमले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। दोस्रो हाफको ६३औँ मिनेटमा एलिजाबेथ लार्काले गोल गरेपछि भारतको अग्रता दोब्बर बन्यो।
खेलको ६८औँ मिनेटमा बांग्लादेशकी गोलकिपर बेगमले पेनाल्टी क्षेत्रभित्र भारतीय खेलाडीलाई लडाएपछि भारतले पेनाल्टीको अवसर पाएको थियो। उक्त पेनाल्टीलाई पर्ल फर्नान्डेजले सहजै गोलमा परिणत गरिन्। खेलको ८३औँ मिनेटमा अन्विता रघुरामनले चौथो गोल गरेपछि भारतले फराकिलो जित सुनिश्चित गर्यो।
हारका बाबजुद बांग्लादेशकी अल्पी अक्तर प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ र ‘सर्वाधिक गोलकर्ता’ घोषित भइन्। भारतकी मुन्नी बन्दाले ‘उत्कृष्ट गोलरक्षक’को उपाधि जित्दा ‘फेयर प्ले अवार्ड’ पनि भारतकै पोल्टामा पर्यो।
माघ १७ गतेदेखि शुरू भएको प्रतियोगितामा आयोजक नेपालसहित भारत, बांग्लादेश र भुटान गरी चार राष्ट्रको सहभागिता थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
