यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी र हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराईका केही स्थानमा हुस्सु लागेको छ। कोशी प्रदेशलगायत देशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ। कोशी र गण्डकीका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी र गण्डकीका उच्च पहाडी र हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

राति तराईका थोरै स्थानहरूमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी र हिमाली भूभागमा  आंशिक बादल लाग्नेछ। कोशी र गण्डकीका उच्च पहाडी र हिमाली भूभागमा हल्का वर्षासहित हिमपात हुने विभागको पूर्वानुमान छ।