जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइ माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ।
काठमाडौँ— नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ। ओलीकी पत्नी राधिका शाक्यका तर्फबाट दायर गरिएको उक्त रिटमाथि सोमबार बहस हुने भएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार शाक्यका तर्फबाट दायर रिटको दर्ता प्रक्रिया सकिएर सोमबारका लागि पेसी तोकिएको छ। रिटमा ओलीलाई गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गरिएको छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसलाई मात्र आधार मानेर गरिएको पक्राउ प्रक्रिया कानुनसम्मत नभएको जिकिर रिटमा गरिएको छ।
कुनै पनि छानबिन निकायको सुझाव वा प्रतिवेदनकै भरमा व्यक्तिलाई सीधै पक्राउ गर्नु कानूनी प्रक्रिया विपरीत हुने उल्लेख गर्दै रिटमा ओलीको तत्काल रिहाइको माग गरिएको छ।
त्यस्तै, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई गैरकानूनी थुनामा राखिएको भन्दै उनकी पत्नी यशोदा लेखकले पनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन्। उक्त रिटको पेसी पनि सोमबारका लागि तोकिएको छ।
जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा एमाले अध्यक्ष ओली र कांग्रेसका नेता लेखकलाई चैत १४ गते शनिबार प्रहरीले पक्राउ गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
