सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बेटिङ एप र वेबसाइट बन्द गर्न निर्देशन दिएसँगै नेपाल दूरसञ्चार प्राधिकरणले ती प्रणाली बन्द गर्ने प्रक्रिया शुरू गरेको छ।
काठमाडौँ— सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप (बेटिङ एप) २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा आइतबार मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखसँगको बैठकमा उनले बेटिङ एप र त्यससम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिएका हुन्। यो निर्देशनसँगै प्राधिकरणले बेटिङ बन्द गर्ने प्रक्रिया शुरू गरेको छ।
बेटिङ बन्दका लागि ‘अपरेटर्स’लाई निर्देशन दिएर काम शुरू भइसकेको प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदीप पौड्यालले जानकारी दिए।
मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले अवैध रूपमा सञ्चालित अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै सञ्चारमन्त्री तिमिल्सिनाले मन्त्रालय र सम्बद्ध निकायसँग छलफल गरी तत्कालै ‘एक्सन’ लिएका छन्।
मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमार्फत सरकारले देशभित्र सञ्चालित सबै सट्टेबाजी एप र वेबसाइटलाई २४ घण्टाभित्रै पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो।
अवैध आर्थिक कारोबार र पुँजी पलायन रोक्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको जनाइएको छ। कार्यसूचीको ४२ नम्बर बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न निर्देशन दिइएको छ।
बैठकमा मन्त्री तिमिल्सिनाले मन्त्रालयले जनतालाई तत्कालै प्रदान गर्न सकिने सेवाबारे कार्ययोजना पेस गर्न महाशाखा प्रमुखलाई निर्देशन दिए। उनले उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन आग्रह गरे।
उनले ‘डिजिटल शासन र डेटा गभर्नेन्स’ मा केन्द्रित भएर समन्वयात्मक पद्धतिबाट जनताले प्रत्यक्ष लाभ पाउने गरी काम गर्नुपर्नेमा जोड दिए। मन्त्रालयले गर्ने कामको दैनिक रिपोर्टिङ र समीक्षा गर्ने तथा मासिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई रिपोर्टिङ गर्ने प्रणालीको विकास गरिने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
