चितवनको कालिका नगरपालिकाले चार पटकसम्म म्याद थपेर ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई एक करोड १६ लाख जरिबाना तिराउँदै ६ वर्षपछि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा शुरू गरेको छ।
चितवन— यहाँस्थित कालिका नगरपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा शुरूआत गरेको छ। नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार आइतबारदेखि नियमित काम नयाँ भवनबाट शुरू गरिएको हो।
निर्माण शुरू गरेको ६ वर्षपछि भवन सम्पन्न भएको हो। निर्माण कम्पनीले विसं २०७६ फागुन १५ गते दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो। निर्धारित समयमा काम नसकिएपछि चार पटक म्याद थप गर्दै अन्तिम म्याद २०८१ कात्तिक ३० गतेसम्म पुऱ्याइएको थियो।
नगरपालिकाले म्याद थप नगरी जरिबाना लिने निर्णय कार्यपालिकाको बैठक र परिषद्बाट गरेको छ। नगरपालिकाले निर्माण कम्पनीलाई १ करोड १६ लाख रुपैयाँ जरिबाना गरेको छ। प्रमुख रेग्मीका अनुसार ११ करोड ५६ लाख रुपैयाँको लागतमा आधुनिक नयाँ भवन निर्माण गरिएको हो।
विसं २०७२ असोज १ गते स्थापना भएको नगरपालिकाले करिब १० वर्षपछि आफ्नै भवनबाट सेवा शुरूआत गरेको हो। नयाँ भवन आधुनिक र सुविधासम्पन्न छ। भवनमा सभाहल, नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सचिवालयसहित कार्यकक्ष तयार गरिएको छ। साथै आर्थिक, स्वास्थ्य, कृषि तथा पशुसेवा, सामाजिकलगायत सबै शाखाले यही भवनमार्फत सेवा प्रदान गर्नेछन्।
साविकको जुटपानी, पदमपुर, शक्तिखोर र सिद्धि गाउँविकास समिति समायोजन गरी यो नगरपालिका बनाइएको हो। यस नगरपालिकाको जनसङ्ख्या ५२ हजारभन्दा बढी छ। यहाँ ब्राह्मण, चेपाङ, तामाङ, थारू, क्षेत्रीलगायत विभिन्न जातजाति र समुदायको मिश्रित बसोबास छ। नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा दिएसँगै नगरवासीलाई सेवा लिन र कर्मचारीलाई काम गर्न सहज भएको नगर प्रमुख रेग्मीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
