बिहीबार नेप्से परिसूचक ५.८२ अंकले बढेर २,०६१.२६ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। बिहीबार नेप्से परिसूचक ५.८२ अंकले बढेर २,०६१.२६ को बिन्दुमा कायम भएको हो।
बिहीबार ३२८ कम्पनीको २ करोड १३ लाख १८ हजार ९२९ कित्ता शेयर एक लाख ३ हजार २२५ पटक खरिदबिक्री हुँदा आठ अर्ब ८१ करोड ९७ लाख २३ हजार ३३५.२९ को कारोबार भएको नेप्सेले जनाएको छ।
बिहीबारको कारोबारमा बैंकिङ ०.११, वित्त ०.८७, जीवन बिमा ०.१९, लघुवित्त ०.२९, निर्जीवन बिमा ०.३३ र अन्य समूहको उपसूचक ०.०२ प्रतिशतले घटेको छ। अरू सबै समूहको उपसूचक भने बढेको छ।
विकास बैंक ०.४८, होटल तथा पर्यटन ०.३९, जलविद्युत् ०.०५, लगानी ०.१५, उत्पादन तथा प्रशोधन १.७६, म्युचुअल फन्ड ०.१२ र व्यापार समूह २.५३ प्रतिशतले बढेको छ।
बिहीबारको कारोबारमा रिलायन्स स्पिनिङ मिल्स, रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी भूगोल इनर्जी डेभलपमेन्टको शेयर मूल्य ३.०६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा बिहीबार सबैभन्दा बढी एसवाई प्यानल नेपालको ३५ करोड ७० लाख १२ हजार ५८९ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएको शेयर संख्याका आधारमा बिहीबार सबैभन्दा बढी कुमारी बैंकको १० लाख ७९ हजार ९२१ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
