AnonymousUser

Logout

निर्वाचन सुरक्षा योजना : नयाँ मतदाता थपिएपछि म्यादी प्रहरीको संख्या बढाउने तयारी

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले नयाँ मतदाता बढेकाले म्यादी प्रहरीको संख्या बढ्न सक्ने बताएका छन्।

सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो

सडक खन्न प्रयोग भइरहेको डोजरका लागि डिजल बोकेर हिँडेका पचालझरना–७ नुवाखेतका २९ वर्षीय पृर्थी बोहोरा पहिरोमा पुरिएका थिए।

हङकङ : दशकौँपछिको सबैभन्दा घातक आगलागीमा ९४ जनाको मृत्यु

हङकङमा दशकौँपछि भएको सबैभन्दा भीषण आगलागीमा मृतकको संख्या शुक्रबार ९४ पुगेको छ। यसअघि सन् १९४८ हङकङमा भएको आगलागीमा १३५ जनाको मृत्यु भएको थियो।

साप्ताहिक ब्रिफिङः विवादको घेरामा कार्की सरकार, आन्दोलनको धम्की दिइरहने प्रसाईंको के हो शक्ति?

यो साता उकालोमा, ‘रंगशाला निर्माणमा धुर्मुस–सुन्तली फाउन्डेसनको ऋणको गाँठो कहाँ छ?, ‘मौसमको फेरबदलसँगै खेती गर्ने शैली बदल्नुपर्ने हो?’, ‘पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार: को कसरी जोडिएका छन्?’सहितका खबरले हेडलाइन बनाए।

काठमाडौँको फराकिलो जित, चितवन ८९ रनमै ‘अलआउट’

एनपीएलमा काठमाडौँ गुर्खाजले चितवन राइनोजलाई ५३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

विशेषज्ञ अभावले राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित

विशेषज्ञ चिकित्सक अभाव भएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट प्रदान भइरहेको कलेजो प्रत्यारोपण सेवा रोकिएको छ।

प्रभु सहकारी ठगीः देवी भट्टचनसहितलाई प्रतिवादी बनाएर सीआईबीले बुझायो प्रतिवेदन

प्रभु सहकारीका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन भएकोबारे उकालोले विस्तृत खोज रिपोर्ट प्रकाशित गरेको थियो।

श्रीलंकामा बाढीपहिरो: मृत्यु हुनेको संख्या ५६ पुग्यो

बिहीबार परेको मुसलधारे वर्षाले घर, खेत तथा सडक जलमग्न भएका छन्। पहिरो खस्दा जनधनको ठूलो क्षति भएको छ।

काँकडभिट्टाबाट घट्यो चिया निर्यात

साउनयता काँकडभिट्टाबाट ४६ लाख ८८ हजार ९३२ किलो चिया भारततर्फ निर्यात भएको छ। गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो।

एनपीएल: चितवन र काठमाडौँ तथा कर्णाली र विराटनगर भिड्दै

तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट ६ अंक जोडेको छ। आजको खेल जितेमा उसको प्लेअफ यात्रा सहज हुनेछ।

हङकङ आगलागीमा मृत्यु हुनेको संख्या ७५ पुग्यो

हङकङको अपार्टमेन्ट कम्प्लेक्समा लागेको आगलागीमा मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ भने ७६ जना घाइते भएको अग्नि नियन्त्रण विभागलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन्।

एसीसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल ११९ रनले विजयी

नेपालले दिएको २७१ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ ४०.५ ओभरमा १५१ रनमा अलआउट भयो।

पोखरा एभेन्जर्सको पहिलो जित, जनकपुर २५ रनले पराजित

जनकपुर बोल्ट्सलाई २५ रनले हराउँदै पोखरा एभेन्जर्सले एनपीएलको दोस्रो सिजनमा पहिलो जित दर्ता गराएको छ।

कमला नगरपालिकाका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणसम्बन्धी ठेक्कामा मिलेमतो गरेको आरोपमा कमला नगरपालिकाका तत्कालीन नगरप्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ।

कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

उच्च अदालत पाटनले सुन तस्करी तथा संगठित अपराध मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।

इटहरीमा प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी गरेको आरोपमा ५ जना पक्राउ

प्रहरीले फोटो, भिडियो, सीसीटीभी फुटेज तथा सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीको आधारमा प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी तथा लुटपाटमा संलग्नहरूको पहिचान गरी पक्राउ गरेको जनाएको छ।

नेप्से परिसूचकमा वृद्धि कायम, कारोबार रकममा सामान्य गिरावट

बिहीबार नेप्से परिसूचक १०.४३ अंकले वृद्धि भई २,६७६.०३ को विन्दुमा बन्द भयो।

लुम्बिनीमाथि सुदूरपश्चिमको ७ विकेटको जित

सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गर्दै लगातार चौथो जित दर्ता गराएको छ।

बांग्लादेश थप २० मेगावाट विद्युत् किन्न सहमत

नेपाल-बांग्लादेश ऊर्जा सचिवस्तरीय संयुक्त समितिले नेपालबाट बांग्लादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति गरेको छ।