नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार बर्दियामै पुगेर काम थालेको छ।
काठमाडौँ– नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार बर्दियामै पुगेर काम थालेको छ।
समितिले त्यहाँ पुगेर घटनाको यथार्थ विवरण बुझ्दै मृतक अन्जु थारूकी ७ वर्षीया छोरी अनिता थारूको जन्म दर्ता र अन्जुका बुबा कान्छा थारूको मृत्यु दर्ता स्थानीय वडा कार्यालयमा गरिएको समिति सदस्य कुलशेखर अर्यालले बताए।
गृह मन्त्रलायका उपसचिवसमेत रहेका अर्यालका अनुसार अन्जुकी छोरीको जन्म दर्ता अन्जुका श्रीमान् अनिलको नामबाट गरिएको छ। घटनाको समग्र वस्तुस्थिति बुझ्दा मुख्य समस्या अन्जुको छोरीको जन्म दर्ता र उनका बुबाको मृत्यु दर्ता नभएको पनि उनले बताए।
"आज हामी समिति संयोजक सुरेश पन्थीज्यूको नेतृत्वमा सबै सदस्यहरु बढैयाताल-४ मा पुगेर समग्र बस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरी बालिकाको जन्म दर्ता र अन्जुकी बुवाको मृत्यु दर्ता गर्ने प्रक्रिया सम्पन्न गर्यौं, बाँकी समस्या हामी बुझेर प्रतिवेदनमा खुलाउने छौं," अर्यालले भने।
अन्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा र पक्राउ पूर्जी जारी भएको छ भने मानवअधिकार आयोगले पनि छानबिन गरिरहेको जनाएको छ। बर्दियाको बढैयाताल–४ दक्षिण भकारीकी २१ वर्षीया अन्जु थारू पतिबाट उपेक्षित भएपछि अदालतले अंशको फैसला गरेको थियो, तर नागरिकता नहुँदा उनले अंश पाउन सकिनन्।
गृह मन्त्रालयले मंसिर २१ गते सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव अर्याल र बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरेको छ। समितिलाई प्रतिवेदन बुझाउन पाँच दिनको समयावधि दिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
