भिजिट भिसा प्रकरणमा तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको अख्तियारले पूर्वगृहमन्त्री रमेश लेखकलगायतका व्यक्तिहरूमाथि भ्रष्टाचार कसुरमा छुट्टै अनुसन्धान भइरहेको जनाएको छ।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगृहमन्त्री रमेश लेखक लगायतका व्यक्तिमाथि भ्रष्टाचारको कसुरमा छुट्टै अनुसन्धान भइरहेको जनाएको छ। भिजिट भिसा प्रकरणमा तत्कालीन अध्यागमन प्रमुख एवं सहसचिव तीर्थराज भट्टराईसहित सात जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले पूर्वगृहमन्त्री लेखकलगायतका व्यक्तिमाथि पनि छुट्टै अनुसन्धान भइरहेको जनाएको हो।
विशेष अदालतमा पेश गरिएको अभियोगपत्रमा पूर्वगृहमन्त्री लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन महानिर्देशक, शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतसँग गैरकानूनी रकम लेनदेन आशंकामा अनुसन्धान भइरहेको उल्लेख छ।
प्रमुख अध्यागमन अधिकृत भट्टराईको निवेदनसाथ प्राप्त भएको डायरी तथा नेपाल टेलिकमबाट प्राप्त सीडीआर विवरणबाट तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारी तथा स्वकीय सचिव जनक भट्टसँग अस्वाभाविक सम्पर्क भएको खुल्न आएको अख्तियारले उल्लेख गरेको छ।
तत्कालीन अध्यागमन प्रमुख भट्टराईको तत्कालीन गृहमन्त्री लगायतसँग गैरकानूनी रकम लेनदेन भएको हुन सक्ने देखिएकोले बदनियतपूर्वक ‘सेटिङ’ गरी भिजिट भिसामा विदेश पठाउन संलग्नता हुन सक्ने भन्दै अनुसन्धान भइरहेको जनाएको हो।
अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिइसकेपछि उनले प्रयोग गर्ने उपकरण बरामद गरेर परीक्षण पनि गरेको थियो। अख्तियारका अनुसार प्रमुख अध्यागमन अधिकृतका रूपमा भट्टराई कार्यरत रहँदा एक लाख ५३ हजार ९७४ जना व्यक्ति भिजिट भिसामा विभिन्न देशमा गएको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ। तीमध्ये ४२ हजार ३५७ जना श्रमका हिसाबले जोखिमपूर्ण देशमा भिजिट भिसामा गएको र लामो समय हुँदा पनि स्वदेश फर्केको नदेखिएको उल्लेख छ।
विभिन्न ट्राभल एजेन्सीमार्फत भिजिट भिसामा विदेश गएका यात्रीहरूको एउटै यात्रुको दुई वटा नम्बरको टिकट रहेको र त्यस्ता किसिमका टिकट हुँदाहुँदै ग्राउन्ड ह्यान्डलिङ गर्ने कर्मचारी र अध्यागमन अधिकृतले विदेश प्रस्थानको अनुमति दिएको देखिएको अनुसन्धानबाट खुलेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
