एनपीएल: फाइनल प्रवेशका लागि लुम्बिनी र विराटनगर भिड्दै

लुम्बिनी इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको हो।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत  दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्स र विराटनगर किंस भिड्दै छन्। खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अपरान्ह ४ बजे शुरू हुनेछ। 

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्न लागेको पाएको हो।

लुम्बिनी इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको हो। लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो।

विजयी हुने टोलीले फाइनलमा सुदूरपश्चिमको सामना गर्नेछ। फाइनल खेल मंसिर २७ गते हुनेछ।