विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी लायन्सले एनपीएलको उपाधिका लागि सुदूरपश्चिमसँगको भेट पक्का गरेको छ।
काठमाडौँ– लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको फराकिलो अन्तरले पराजित गर्दै लुम्बिनीले फाइनलमा प्रवेश गरेको हो।
अब उपाधिका लागि लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने छ। यसअघि सुदूरपश्चिमले पनि विराटनगरलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। उपाधि भिडन्त मंसिर २७ गते हुनेछ।
बिहीबारको खेलमा लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा ९४ रन मात्र बनाउन सक्यो।
विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ३४ रन जोडे, जसका लागि उनले २८ बलमा २ चौका र २ छक्का प्रहार गरे। नरेन भट्टले २१ रन र मर्चेन्ट डे लाङ्गेले १७ रन बनाए। यीबाहेक अन्य खेलाडीको प्रदर्शन उल्लेखनीय रहेन।
बलिङतर्फ, लुम्बिनीका लागि टीका भण्डारीले सर्वाधिक ३ विकेट लिए। अभिनाश गौतम, रुबेन ट्रम्पेलम्यान र जेजे स्मिथले समान २-२ विकेट लिँदा शेर मल्लको नाममा १ विकेट रह्यो।
यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो।
लुम्बिनीका लागि डार्शी शर्टले सर्वाधिक ४५ रनको योगदान दिए। उनले ४१ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाए।
रोहितकुमार पौडेलले ३० बलमा २ चौका र २ छक्काको मद्दतमा ३४ रन बनाए। यसैगरी, निशोसन डिक्वेलाले २२ बलमा ४ चौका प्रहार गर्दै २९ रन बनाए। रुबेल ट्रम्पलम्यान ११ रनमा अविजित रहे।
बलिङतर्फ, विराटनगरका सुवास भण्डारी र प्रशित जिसिले समान ३-३ विकेट लिए। सन्दीप लामिछानेको नाममा २ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
