प्रभु बैंकमा एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन भनिने सुजिन शाक्य पक्राउ परेका छन्।
काठमाडौँ– प्रभु बैंकमा एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन भनिने सुजिन शाक्य पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार ललितपुर महानगरपालिका–११, ईखाँछेबाट उनलाई नियन्त्रणमा लिएको हो।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार प्रभु बैंकलाई गम्भीर आर्थिक हानी-नोक्सानी पुर्याएको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि शाक्यमाथि बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप कसूरमा अनुसन्धान भइरहेको छ।
भट्टचन–शेरचनले प्रभु बैंकमा दुरुपयोग गरेको २७ करोड
उनीविरुद्ध प्रभु म्यानेजमेन्टलाई नियम विपरीत सुपर एजेन्ट बनाइ रेमिट्यान्स कारोबार गर्न 'एडभान्स' रकम उपलब्ध गराएको र सो कम्पनीसँग कारोबार स्थगित भएपछि पनि नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत उक्त रकम लामो समयसम्म प्रयोग गर्न दिएको अभियोग छ।
सीआईबीले यसअघि प्रभु बैंकका सीईओ अशोक शेरचनसहित चार जनालाई पक्राउ गरी अनुसन्धान गरीरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
