सोमबार नेप्से परिसूचक ६.७४ अंकले बढेर २६०१.६१ को बिन्दुमा कायम भएको हो।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। सोमबार नेप्से परिसूचक ६.७४ अंकले बढेर २६०१.६१ को बिन्दुमा कायम भएको हो। नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ।
सोमबार ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर ५६ हजार १२२ पटक खरिदबिक्री हुँदा तीन अर्ब ४४ करोड १९ लाख तीन हजार ७७० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। आइतबार भने चार अर्ब ७४ लाख रुपैयाँको कारोबार भएको थियो।
सोमबारको कारोबारमा बैंकिङ ०.७२, विकास बैंक ०.३३, वित्त ०.९०, जनविद्युत् ०.०६, जीवन बीमा ०.३०, उत्पादन तथा प्रशोधन ०.५७, निर्जीवन बीमा ०.०७ र व्यापार समूह ०.२७ प्रतिशतले बढेको छ।
अरू सबै समूहको उपसूचक घटेको छ। होटल तथा पर्यटन ०.११, लगानी ०.०८, म्युचुअल फन्ड ०.११ र अन्य समूह ०.१७ प्रतिशतले घटेको छ।
स्वस्तिक लघुवित्त र एसवाई प्यानल नेपालको शेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै हिमस्टार ऊर्जाको शेयर मूल्य ६.९५ प्रतिशतले घटेको छ।
कारोबार रकम आधारमा यस दिन सबैभन्दा बढी ङादी समूहको १४ करोड २५ लाख ६८ हजार २७३ रुपैयाँ बराबर शेयर कारोबार भएको छ। शेयर संख्याका आधारमा भने लक्ष्मी सनराइज बैंकको ६ लाख सात हजार ३५८ कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
