एसीसी यू१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा नेपाल बांग्लादेशसँग सात विकेटले पराजित भएको छ।
काठमाडौँ– एसीसी यू१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा नेपाल बांग्लादेशसँग सात विकेटले पराजित भएको छ। नेपालको यो दोस्रो पराजय हो। यसअघि नेपाल पहिलो खेलमा टेस्ट राष्ट्र श्रीलंकासँग आठ विकेटले पराजित भएको थियो।
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित 'द सेभेन्स' मैदानमा बांग्लादेशले टस जितेर पहिला फिल्डिङ रोजेको थियो।
पहिला ब्याटिङ गरेको नेपालले ३१.१ ओभरमा सबै विकेट गुमाउँदै १३० रन बनायो। नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए। यस्तै, आशिष लुहारले २३ तथा साहिल पटेलले १८ रनको योगदान दिए।
बलिङतर्फ बांग्लादेशका लागि एमडी सोबुजले तीन तथा साद इस्लाम, अजिजुल हाकिम र शाह्रियर अहमदले २-२ विकेट लिए।
१३१ रनको विजयी लक्ष्य बांग्लादेशले २४.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो। बांग्लादेशका लागि जावाद अब्रारले ६८ बलमा सात चौका र तीन छक्कासहित अविजित ७० रन बनाए भने कलाम सिद्दिकीले ६६ बलमा ३४ रन जोडे।
नेपालका लागि बलिङतर्फ अभिषेक तिवारी र युवराज खत्रीले समान १-१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
