Monday, May 06, 2024

-->

उकालाे साप्ताहिक ब्रिफिङ: सुनकाण्डकाे 'प्रगति विवरण', असुरक्षित डाक्टर र बालेन टाइम्स

याे साता नेम्वाङकाे निधन, सुन तस्करीसम्बन्धी सीआईबीकाे अनुसन्धान प्रतिवेदन, डाक्टर कुटिए, मेयर बालेन्द्र टाइम म्यागेजिनको १०० उदयीमान नेताकाे सूचीमा लगायतका खबर मुख्य हेडलाइन बने

उकालाे साप्ताहिक ब्रिफिङ सुनकाण्डकाे प्रगति विवरण असुरक्षित डाक्टर र बालेन टाइम्स 

यो साता शुरू हुँदैगर्दा नेकपा एमालेका उपाध्यक्ष  र संविधानसभा अध्यक्ष सुवास नेम्वाङको हृदयघातका कारण मंगलबार बिहान १ः३० बजे निधन भएकाे थियाे।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मंगलबार च्यासलस्थित पार्टी कार्यालय लगिएको थियो भने बुधबार बालुवाटारमा रहेको निजी निवासमा राखेर बिहीबार राजकीय सम्मानकासाथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरियाे।

पहिलो र दोस्रो संविधानसभाका अध्यक्ष रहेका उनको कार्यकालमै नेपालको नयाँँ संविधान जारी भएको थियो। उनको सम्मानमा सरकारले बिहीवार सार्वजनिक बिदा दिएको थियो ।

यसैगरी, उनको दल नेकपा एमालेले असोज २ गते श्रद्धाञ्जलीसभा गर्ने निर्णय गरेको छ।  

उनको निधन पश्चात उकालोमा प्रकाशित सम्बन्धित सामाग्री पढ्न यहाँँ क्लिक गर्नुहोला।   

मंगलबार नै मधेश प्रदेशसभा सदस्य विन्दुकुमारी यादवको पनि निधन भएको थियो । पाठेघरको क्यान्सरबाट पीडित ४४ वर्षीया यादवको मंगलबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो।

साताका विशेष हेडलाइन
चितवनको अस्पतालमा एक महिनाअघि बिरामीको मृत्यु, प्रारम्भिक उपचार गर्ने हेटौँडाका चिकित्सक कुटिए 

प्रारम्भिक उपचार गर्ने हेटौँडाको सञ्चो अस्पतालका दुई चिकित्सक कुटिएपछि पनि उजुरी नगर्न दबाब दिइएको थियो। तर नेपाल चिकित्सक संघले यस्ता घटनामा ‘मिलापत्र’ गर्न नहुने जनाएको छ। 

कर बढेपछि भन्सारको आँखा छल्दै छ्याप्छ्याप्ती देखियो काजु तस्करी 

काजु चोरीपैठारीका घटना यतिखेर एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन्। भारतबाट दाल आयात गर्ने, त्यसलाई कागजमा नेपाली उत्पादन घोषणा गर्ने र बंगलादेश निकासी गरेर नाफा कमाउने अनि निर्यातमा पाउने प्रोत्साहन रकम पनि सरकारबाट असुल्ने धन्दा डेढ दशकअघि फस्टाएको थियो।

दाल, सुपारी, मरिच, छोडा र पोस्तादानापछि अब तस्करीको पालोमा काजु परेको छ। काजु आयातमा तिर्नुपर्ने कर बढेपछि सरकारलाई राजस्वमा नोक्सानी र उपभोक्तालाई महँगो भइरहँदा तस्करलाई भने स्वादिलो बन्दै छ। 

आर्थिक संकटले लिग नै सञ्चालन गर्न नसकेको एन्फा, कार्यसमिति सदस्यलाई लाखौँ भत्ता 

आर्थिक संकटका कारण एन्फाले 'बी' र 'सी' डिभिजन लिग गर्न सकेको छैन। 'ए' डिभिजन क्लबसमेतलाई लिग तयारीबापतको रकम अझै दिइएको छैन। तर कार्यसमिति सदस्यलाई भने अनेक बहानामा नियमविपरीत लाखौँ भत्ता बाँडिएको छ। 

सुदूरका सुरत जो समाजको भलाइ र मानवीय सेवामा निमग्न छन् 

रमेश भुलको मृगौला प्रत्यारोपण गर्न सुरतले १३ लाख १७ हजार रुपैयाँ जुटाई अघिल्लो साता अस्पतालमै पुगेर हस्तान्तरण गरे। अछाममै बसेर यस्ता मानवीय सेवामा निरन्तर सक्रिय सुरत कैयौँको सहारा बनेका छन्।

६ पुस्तादेखि कपाली परिवार बसिरहेको सत्तल जब खाली गराइयो

पाटनको पतक्व टोलस्थित हरिशंकर मन्दिरसँगैको सत्तलमा ६ पुस्तादेखि कपाली परिवार बसिरहेको थियो। सत्तल जीर्ण बनेपछि उनीहरू डेरामा सरेर त्यहाँ घरायसी सामग्री मात्र राखिएको थियो।

डब्लूएचओ क्षेत्रीय निर्देशकका उम्मेदवार डा. शम्भु आचार्य: ३० वर्षदेखि स्वास्थ्य व्यवस्थापनका सारथि 

डब्लूएचओ दक्षिणपूर्वी एशिया निर्देशकका लागि हुने निर्वाचनमा नेपालका डा. शम्भु आचार्यसँगै बंगलादेशकी सायमा वाजिद प्रतिस्पर्धामा छन्। को हुन् डब्लूएचओ दक्षिणपूर्वको उच्च पदमा पुग्न चाहिरहेका डा. आचार्य? जान्नकाे लागि माथिकाे लिंकमा थिच्नुहाेस्।

सशस्त्र वन रक्षक जहाँ एक जना पनि महिला छैनन् 

वन क्षेत्रमा हुने चोरीतस्करी नियन्त्रणका लागि गठन गरिएको सशस्त्र वन रक्षक बल महिलाविहीन छ। गस्तीका क्रममा महिलालाई पक्राउ गर्ने काम पनि पुरुष कर्मचारीले नै गर्छन्।

जबरजस्ती करणी मुद्दामा 'सिद्धबाबा'लाई सफाइ 

आफ्ना अनुयायी मिहलामाथि जबरजस्ती करणी गरेको आरोपमा मुद्दा खेपिरहेका सिद्धबाबा भनेर चिनिने कृष्णबहादुर गिरिलाई सुनसरी जिल्ला अदालतले बुधबार सफाइ दिएको छ। 

सीआईबीको सुनकाण्ड अनुसन्धानः दावाको राजनीतिक कनेक्सन ‘हेर्दै नहेरी’ बुझाइयो प्रतिवेदन 

सुन तस्करीका मुख्य पात्र तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङसँग जोडिएकाहरूलाई सोधपुछपछि कागज गराएर छाडेको प्रहरीले उनीसँग निकट सम्बन्ध देखिएका कसैमाथि पनि गहन अनुसन्धान भने गरेन।

अन्य
पूर्वाधार विकास समितिका सभापति सिंहले भने– नदी उत्खनन् खोल्नुपर्छ 

प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले नेपालका नदी, खोलाबाट गिट्टी, बालुवा र ढुंगा उत्खनन् खोल्न आवश्यक रहेको बताएका छन्।

नदी र खानीजन्य पदार्थको उत्खनन‍्मा देखिएका कानूनी समस्या समाधान विषयक सोमबार आयोजित कार्यक्रममा बोल्दै समिति सभापति सिंहले क्रसर उद्योग सञ्चालनको लागि आवश्यक गिट्टी, बालुजा र ढुंगा उत्खनन् रोक्न नहुने बताए। सभापति सिंहले नेपालका नदी तथा खोलाको गिट्टी बालुवा र ढुंगा समयमा नै उत्खनन् गर्न नसके नेपालको अवसर भारतलाई मिल्ने धारणा पनि राखे।

टाइम म्यागेजिनको १०० उदयीमान नेताको सूचीमा बालेन 

विश्व प्रतिष्ठित म्यागेजिन ‘टाइम’ले विश्वका १०० उदयीमान नेताको सूचीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई पनि समेटेको छ। 

ढाकाकुमार श्रेष्ठसँग पैसा मागेको आरोप लागेका नेतामाथि छानबिन चलिरको प्रमुख सचेतकको भनाइ 

डा. श्रेष्ठले पछिल्लो समय केही सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आफूलाई मन्त्री बनाउने प्रलोभन दिँदै पार्टीको केन्द्रीय सदस्य मोहनजंग थापाले पैसा मागेको आरोप लगाएका थिए। 

साताको अन्त्य गरौँ शेरे, टाइगर र जोनसँग। 

नौ वर्षसम्म प्रहरी सेवामा रहेका तीन कुकुरले अवकाश पाएका छन्। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाअन्तर्गत केनाइन शाखाका लेब्राडोर जातको शेरे र जर्मन सेफर्ड जातका टाइगर र जोनले सेवा अवधि पूरा गरेर अवकाश पाएका छन्। जोन र शेरेले १२ सय पटक लागुऔषध खोजी गरेका छन् भने टाइगरले विशिष्ट व्यक्तिहरूको सुरक्षामा ७०० पटक आफ्नो जिम्मेवारी निभाएका छन्।

   


सम्बन्धित सामग्री