यो हप्ता अदालतले सन्दीप लामिछानेविरुद्धको मुद्दामा वादीको जन्ममितिसम्बन्धी अभिलेख झिकाउन दिएको आदेश, कृषि समिति सभापति आरजु देउवा राणाको बाँदरको संख्या घटाउने उपायसहित यी खबरले बनाए हेडलाइन।
पोखराको कोलपाटनमा बनिरहेको खानेपानी ट्यांकी नभत्काए नवनिर्मित विमानस्थल नै धरापमा पर्ने, भत्काए पौने अर्ब राज्यकोषबाट पुर्ताल गर्नुपर्ने अवस्था कसरी आयो? पढ्नुस् दिपा दाहालको सरकारी निकायहरूको लापरबाही र अराजकताको चिरफार गर्ने रिपोर्ट: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र साढे ४ अर्बको खानेपानी आयोजना संकटमा पार्ने लापरबाही
‘मेगा प्रोजेक्टतन्त्र’को सिलसिलासँग जोडिएको छ अपार्टमेन्टतन्त्र! ‘समिट अपार्टमेन्ट’ प्रकरणबाट ललितपुरको बखुण्डोलवासी चार महिनायता हैरान छन्। बखुण्डोलस्थित उक्त अपार्टमेन्ट कम्प्लेक्स बनाउन कानूनी प्रक्रिया नपुर्याइ चौधरी ग्रुप र समिट ग्रुपले जग खनेको थियो। उक्त ‘केस’मा चौधरी समूहसँग ललितपुर महानगरकै ‘मिलेमतो’ देखियो भने त्यसपश्चात्का दुई महिनामा छानबिन त भयो, तर सम्बन्धित प्रतिवेदन भने लुकाइए।
बखुण्डोलको 'लफडा' नसकिँदै अहिले काठमाडौँको लाजिम्पाट भित्रका बासिन्दा अर्को त्यस्तै प्रकरण दोहोरिने त्रासमा छन्। शान्ति–कुञ्ज भनेर चिनिने टोलस्थित शिला चौधरीको नाममा रहेको ६ रोपनी जग्गामा 'सिजी होल्डिङ्स'नामको कम्पनीले अग्लो भवन बनाउन थालेसँगै उनीहरू आत्तिएका छन्। अरुण–शिला चौधरीको ‘अपार्टमेन्ट प्रोजेक्ट’ले लाजिम्पाटवासीको निद्रा कसरी बिथोलेकोछ, पढ्नुहोस्।
अदालतको कागज मोह
काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्तासम्बन्धी कागजात झिकाउन आदेश दिएको छ। अदालतले यो मुद्दामा कागज मगाएको यो पहिलो पटक भने होइन। पीडित किशोरीको जन्मसम्बन्धी कागजात यसअघि नै झिकाउन अदालतले आदेश दिइसकेको थियो। साउन ३२ गते नै यो मुद्दाको अन्तिम सुनुवाइ गर्ने भनिएको थियो, तर त्यो दिन लामिछाने पक्षका वकिलको मागानुसार गौशाला २६ की आमाको उमेर यकिन गर्न आदेश गरेको थियो।
पटक पटक सुनुवाइको पेसी तोकिए पनि लामिछानेले 'खेल्ने' तारतम्य मिलाउन सुनुवाइ मिति सारिएका थिए।
पछिल्लो पटक भदौ १० गतेका लागि यो मुद्दाको अन्तिम सुनुवाइको समय तोकिए पनि सो दिन मुद्दा हेर्न नभ्याइने सूचीमा परेको थियो। सन्दीप त्यसपछि एशिय कप खेल्न पाकिस्तान गएका थिए भने बिहीबार उनको पेसी तोकिएको थियो।
- सम्बन्धित:
- बलात्कारका अभियुक्त सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समेटिए
- सन्दीपसँग हात नमिलाएको विषयमा स्कट्ल्यान्डका प्रशिक्षक भन्छन्- हिंसालाई समर्थन गर्न हुँदैन भन्नेमा 'स्ट्यान्ड' लिन्छौँ
- सन्दीपबारे क्रिकेट स्कटल्यान्ड र नामिबियाको चासो, महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएको क्यानको दाबी 'झूटो'
साताका विशेष हेडलाइनहरू
लिम्पियाधुरा–लिपुलेकमा भारतपछि चीनको नक्सा, कहाँ चुक्यो नेपाल?
नेपाली भू–भाग लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा समेटेर भारतले गरिरहेको दाबीलाई सघाउनेगरी आएको पछिल्लो चिनियाँ नक्सा प्रकरणमा नेपालको राजनीतिक र कूटनीतिक संयन्त्रको के कमजोरी रह्यो?
बिर्सिन थालियो भूकम्पको धक्का, महानगरमै बढ्दैछ मापदण्ड मिचेर घरको तला थप्ने प्रवृत्ति
ललितपुर महानगरपालिकाभित्र बनेका ८० प्रतिशत भवन मापदण्डविपरीत रहेको जनप्रतिनिधि नै बताउँछन्। त्यस्ता भवनको सवालमा उजुरी परेपछि मात्र छानबिन शुरू हुने गरेको छ।
कसरी बनिरहेका छन् अभियुक्त नै ‘माननीय’, किन थाहा पाउँदैनन् राज्य–संयन्त्र?
फरार अभियुक्त वा अदालतबाटै दोषी ठहर भएर फरार रहेकाहरूबारे राज्य संयन्त्रले अभिलेख नराख्दा वा राखिएको अभिलेख जाँच नगर्दा त्यस्ता व्यक्ति उम्मेदवार बन्ने र 'माननीय'समेत हुने गरेका छन्।
बिजोग ‘आर्काइभिङ’ : संसद्मै छैन संसदीय इतिहासको सद्दे अभिलेख
नेपालले संसदीय अभ्यासका साढे ६ दशक बिताइसक्यो। तर संसद् सचिवालयमा पछिल्लो एक डेढ दशकका संसदीय अभिलेख र दस्ताबेज भेट्टाउन समेत धौ–धौ छ।
क्रिकेट संघ हाँक्ने लक्ष्यमा अघि बढेका पारस खड्का
खेल मैदान छाडेको दुई वर्षपछि पारस खड्का प्रदेशको क्रिकेट हाँक्ने ठाउँमा पुगेका छन्। उनको लक्ष्य क्यान नेतृत्वमै पुग्ने छ। तर यसैपालि या अर्कोपटक, टुंगो लागिसकेको छैन।
उपत्यकाका सुविधाजनक सडकमै ज्यानमारा लापरबाहीः ३ वर्षमा ३१ हजार दुर्घटना, ५४४ को मृत्यु
काठमाडौँ उपत्यकामा भइरहेको सवारी दुर्घटनाबाट ज्यान गुमाउनेमा अधिकांश युवा छन्। ट्राफिक प्रहरीकै तथ्यांकअनुसार तीन वर्षमा १७ देखि ३५ वर्ष उमेर बीचका ३०० जनाको जीवन सडकमै समाप्त भएको छ।
सवा ६ अर्ब लगानीको फोहोर पानी व्यवस्थापन परियोजनाः केयूकेएलको टेन्डरमै ‘फिक्सिङ’को आशंका
केयूकेएलले एडीबीको सवा ६ अर्ब ऋणमा बनाउँदै गरेको फोहोर पानी व्यवस्थापन संरचनाको पुरानो ठेक्का तोडेर नयाँ बोलपत्र आह्वान गर्दा कानूनविपरीत हुने गरी शर्तहरू फेरेको छ। कसलाई ठेक्का दिन फेरियो शर्त?
थाइल्यान्डसँग ४६ रनले पराजित हुँदै बाहिरियो नेपाल
नेपाल आईसीसी महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटबाट बाहिरिएको छ।
शुक्रबार बिहान भएको सेमिफाइनलमा थाइल्यान्डसँग ४६ रनले पराजित भएसँगै नेपालको ग्लोबल छनोट खेल्ने सपना समाप्त भएको हो।
सिंहदरबारमा आगो लाग्दा सुतिरहेका राजालाई खबर सुनाउन जर्नेल डराए
म बालेन शाहको समर्थक नै हुँ। तर उनले ‘सिंहदरबारमा आगो लगाउँछु’ भन्नु हुँदैन थियो। हामीले त सिंहदरबारमा साँच्चै आगो लागेको देखेका छौँ, त्यो निकै दर्दनाक थियो।
उत्तरी चीनस्थित रसायन कारखानामा ग्यास चुहिँदा १० जनाको मृत्यु
कार्यस्थलमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा चीनमा औद्योगिक दुर्घटना बारम्बार हुने गरेका छन्।
र, साताको अन्त्य गर्नुस् यो एकदमै दुर्लभ समाचारबाट:
बालीनालीमा पुर्याएको क्षति कम गर्न बाँदरको बन्ध्याकरण गर्नुपर्छ: आरजु राणा
कृषि समिति सभापति आरजु राणाले बाँदरले किसानको बालीनालीमा क्षति पुर्याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बन्ध्याकरण गरेर संख्या घटाउनुपर्ने धारणा राखेकी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
