विश्वविद्यालयमा भर्ना भएका कुनै पनि विद्यार्थीको पहिलो प्राथमिकतामा अध्ययन पर्दैन। शिक्षालाई सिधै अर्थोपार्जनसँग जोड्दा विश्वविद्यालयहरू भन्सार कार्यालय जस्ता भए।
कृत्रिम बुद्धिमत्तामाथि धेरै भर परिरहँदा कतै हामी सिर्जनशीलता र खोजको अन्तर्निहित मानवीय क्षमता/स्वभाव मेसिनलाई समर्पण गर्दै त छैनौँ?
बढ्दो बजारीकरण र उपभोक्तावादले पृथ्वीको पर्यावरण बिग्रिरहँदा हामी भने आफ्नो पर्वलाई बजारका हातमा सुम्पिरहेका छौँ। देखासिकीको पासोमा फसिरहेका छौँ।
भारतीय यस कारण भाग्यमानी हौँकि भारतले स्वाधीनता प्राप्त गर्दा पण्डित नेहरूझैँ महान् व्यक्ति यसको नेतृत्वमा थिए। धर्म, परम्परा अनि विश्वासका कुरा राजनीतिका विषय होइनन् भन्ने बुझ्थे।
सहभागी प्रिय साथीसंगीसँग पुगेजति सबै सुन्दर ठाउँमा प्रशस्त फोटो खिचेँ। ती सबै फोटोभन्दा चम्किलो भएर आँखामा घुमिरहेको थियो मेरो बाटो कुरिरहेका कलिला छोराहरूको मासुम आकृति।
भारतले वर्तमान गठबन्धनसँगै सहकार्य गर्न चाहेको हो वा उच्च महत्त्वसाथ कांग्रेसलाई उचालेर ओलीलाई पछार्न खोजेको हो यकिन गर्न उनले भारत भ्रमणको निम्तो कति चाँडै पाउँछन् भन्नेबाट सटिक अनुमान गर्न सकिएला।
दलितको साझा संगठन, संयुक्त मोर्चा, आवश्यक पर्दा पार्टी दर्ता, चुनावी गठबन्धन अनि सडक र सदनमा आन्दोलन अबको काम हो। यो अपरिहार्य भइसकेको छ।
गिरिका अनुसार नेपालमा समाजवादको निर्माणका लागि नयाँ आधार निर्माण गर्नु आवश्यक छ। गाउँलाई केन्द्र नबनाई नेपालमा कुनै पनि स्वतन्त्र, समतामूलक र समाजवादी समाज बनाउन सकिँदैन।
इतिहास, ज्योतिष, साहित्यजस्ता विविध विधामा नयराज पन्तका कृति करिब ३० वटा छन्। २०४३ सालमा उहाँको कृति ‘लिच्छवि संवत्को निर्णय’ले मदन पुरस्कार नै प्राप्त गरेको थियो।
कार्बन उत्सर्जनले ग्लोबल साउथको ८० प्रतिशत जनतालाई प्रतिकूल असर पारिरहेको छ। उनीहरूको खाद्य उत्पादन र पानीका स्रोत उच्च जोखिममा छन् र उत्पादकत्व पनि घटेको छ।
‘५१ बिघाको हकमा जग्गा–सम्पत्ति जफत गरेर शहरी विकास अन्तर्गत फेरि प्रक्रिया चलाएर तिरो तिराई नयाँ धनीपुर्जा दिने प्रबन्ध हुनुपर्छ। ३४४ बिघा पनि जफत गरेर हदबन्दी र अरू आधार हेरिकन हिसाबकिताब हुनुपर्छ।’
हामीकहाँ पारदर्शिता र जबाफदेहिता स्खलित छ। स्वार्थको द्वन्द्व स्वघोषणा गर्ने, स्वार्थ बाझिँदा निर्णय प्रक्रियाबाट बाहिरिने, पद अस्वीकार गर्ने या त्याग गर्ने प्रचलन छैन।
विश्व स्वास्थ्य संगठनले सन् २०२४ को मे २२ मा सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर प्रजनन उमेर समूहका ६ मध्ये १ जना व्यक्तिले निःसन्तानपनको सामना गरिरहेका छन्।
यहाँ राजतन्त्रवादी व्यक्ति कुनै बेला गणतन्त्रवादी भइदिन सक्छ। धर्मनिरपेक्षताको गीत गाउँदागाउँदै कोही हिन्दूवादी या अर्को धर्मको सर्वोच्चताको वकालत गरिदिन सक्छ।
लोकतन्त्र केवल गन्तव्य होइन, निरन्तर यात्रा हो भन्ने हामीले बुझ्नुपर्छ। यसमा नागरिकको सक्रिय सहभागिता, सहिष्णुता र जिम्मेवारीको भावना नै उज्यालो भविष्य सुनिश्चित गर्ने प्रमुख आधार हुन्।
पीडित र सरोकारवालामा रहेको संशय हटाउन दलहरूको इमानदारिता त अपरिहार्य छँदैछ, आयोगहरूमा नियुक्त हुने पदाधिकारी सक्षम, क्षमतावान्, विश्वसनीय तथा स्वीकार्य हुनु पनि उत्तिकै जरुरी छ।
आफ्नो ‘प्रिभिलेज’ मनन गर्दै सीमान्तकृत आवाजको उठान गर्नु बहुआयामिक पुँजीमा पहुँच भएकाको नैतिक जिम्मेवारी हो, त्यसो गर्नु तिनको उदारता होइन।
राजनीतिक दल र नेताले आफ्नो स्वार्थअनुकूल प्रयोग गर्दैआएको ३० वर्षे सेवाअवधिको व्यवस्थाले प्रहरी संगठनलाई अस्तव्यस्त मात्र होइन, भुत्ते बनाउँदै लगेको छ।
भुटानी शरणार्थी, जो अझै आफ्नो देश फर्किन सकिन्छ कि भन्ने आसमा शिविरमा छन्, उनीहरूले एक पटक आफ्ना नेताहरूसँग भविष्यको योजना के छ र अबको संघर्षको मार्गचित्र के हो भनेर सोध्नुपर्ने हुन्छ।
देशमा संघीयता लागू हुँदासमेत दुर्गम गाउँमा सेवा प्रवाह गर्ने कर्मचारीको अभाव छ। स्थानीय सरकारद्वारा जनताको घरदैलोमा सेवा दिने कुरा गर्छन्, तर पुराना र सिनियर कर्मचारी स्थानीय तहमा जानै चाहन्नन्।