AnonymousUser

Logout

सरकार, पार्टी र नेताबारे के सोचिरहेछन् भुइँ तहका मानिस?

राजनीति भनेकै आफू र आफ्ना वरिपरिका समूहका लागि हो भन्ने खालको भाष्य निर्माण गरिरहेका नेताका कारण आम मानिसमा सरकार, राजनीति र त्यसलाई हाँक्ने नेताप्रतिको आशा लगभग टुटेसरह भएको छ। 

लालु यादवको डेढ दशक: सामाजिक न्याय भर्सेस जंगलराज

१९९५ को पहिलो पाँच महिनामा बिहारमा लगभग ७०० अपहरण प्रतिदिन हुने डरलाग्दो रेकर्ड भेटिन्छ। १९९२ र २००४ को बीच बिहारमा अपहरणका कुल ३२ हजार ८५ घटना रिपोर्ट गरिए।

‘नट स्ट्रेन्जर्स इन द कन्ट्री’

आम नागरिकले विरोध गर्नु द्रोह हैन, बरु भ्रष्ट र बेइमान दल र नेताविरुद्ध आवाज नउठाउनु चाहिँ देश, समाज र आउने पिँढीका लागि ठूलो अपकार र द्रोह हुनेछ।

‘खाएला नइखे भोरे स्नान!’

अख्तियारले डामेका, किर्ते कागजी अभियुक्तदेखि संवैधानिक प्रावधानमा पाउनै नसक्नेले नियुक्ति लिई हठी बनिरहेका। नैतिक–चारित्रिक कुरा त के सोध्ने? चरित्रहीन चेलाहरूको जमात उभिएको छ कूटनीतिको ‘घोडादौड’मा।

कोभिडजस्तै रोगमा मास्कको प्रभावकारिता

मास्कको प्रयोगले भाइरसको संक्रामकता, रोगको गम्भीरता र महामारीकै अवस्थामा के कति फरक ल्याउँछ भन्ने प्रश्न भने अझै पनि खुला नै छन्। ती प्रश्नको वैज्ञानिक उत्तर खोज्न अनेक प्रक्रियागत जटिलता छन्।

कमरेड उथलपुथललाई नोबेल शान्ति पुरस्कार

झन्डै एक वर्षपछि म आज यस स्पेसमा आएको एक मात्र कारण यही हो कि १०–१२ जनामाझ भए पनि यी महान् शान्तिदूत कमरेडलाई नोबेल शान्ति पुरस्कार दिने महत्त्वपूर्ण प्रस्ताव सदनको यही कुनामा बसिबसी साझा गर्न सकौँ।

म पढ्छु, मै लेख्छु

सम्पूर्ण लेखन सहयोगीप्रति हामी कृतज्ञ छौँ र विनम्र अनुरोध के छ भने तपाईं नितान्त सहयोगीको भूमिका निर्वाह गरिदिनुहोस्। कुनै अवाञ्छित क्रियाकलापका निम्ति सहयोगी नबनिदिनुहोस्।

राजनीतिक अस्थिरताबीच अनुत्पादक ‘साइबर झगडा’

साइबर झगडामा युवा सक्रिय हुनुको साटो गम्भीर अध्ययन र अन्य रचनात्मक काम गर्न सके कति जाति हुन्थ्यो? आफ्नो ऊर्जा र समय जनताको वास्तविक समस्या समाधान गर्न सार्थक पहलतर्फ लगाए कति गजब हुन्थ्यो? 

पहिचानले के दिन्छ?

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने कम्युनिस्ट, कांग्रेस वा राजतन्त्रवादी सबैजसो ठान्छन्– विभिन्न मानव समुदायको पहिचानको मामला साम्प्रदायिक हो।

‘बागमती नबचाए उपत्यका बच्दैन’

‘​​​​​​​अदालतको आदेश मानेर हामीले बागमतीलाई बचाउनुपर्छ। प्रकृतिले दिएका नदीनाला उपयोगका वस्तु मात्र हुन् भन्ने सोच्यौँ भने त्यसले हाम्रै अस्तित्व खतरामा पार्छ।’

तर्क, भावना र नैतिकताको कसीमा रवि लामिछाने

रविले पत्रकारितामार्फत अन्यायको पर्दाफास गर्दै जनताको मर्म छोए, जसले उनलाई उच्च नैतिक व्यक्तित्वका रूपमा स्थापित गर्‍यो। तर राजनीतिमा प्रवेश गरेपछि यी नैतिक आदर्श क्रमशः क्षीण हुँदै गए।

‘अदालती फैसलापछि हामी चुपचाप बसेका छौँ’ 

‘चिया विकास निगम कहाँ छ अहिले? यसमा किन कोही बोल्दैनन्? संसद‍्मा यसबारे किन प्रश्न उठ्दैन? मिडियाकर्मीहरू पनि यो विषय किन देख्नुहुन्न?’

उत्पीडन सहँदै कहिलेसम्म महिलाले ‘घर जोगाउने’?

छोरीको विवाहपूर्व उनको भावी घर कत्तिको सुरक्षित छ, ‘पार्टनर’ कति सुझबुझयुक्त छन्, बुझ्नुस्। बिहेपछि पनि कुनै विषयमा तनाव भइराखेको छ कि सोध्नुस्। ‘ऊ त ज्वाइँकी भई’ भनेर ढुक्कले नबस्नुस्।

कार्बन व्यापारबाट कसरी प्राप्त गर्न सकिन्छ लाभ?

नेपालले कार्बन व्यापारको शुरूआत गरिसकेको छ। पहिलो किस्ताबापत विश्वबैंकबाट करिब डेढ अर्ब रुपैयाँ छिटै आउँदैछ। त्यसबाट कम्तीमा ८० प्रतिशत रकम वन विकास कोषमार्फत समुदायले प्राप्त गर्नेछन्।

‘धेरै राजनीतिक दल हुनु सकारात्मक हो’

‘नेपालमा मानिसहरू धेरै राजनीतिक दल हुनु खराब हो भन्छन्, तर त्यस्तो होइन। धेरै दलहरू नभएको भए यहाँ भ्रष्टाचारका ठूला–ठूला काण्डहरू गुपचुप हुन्थे।’

अमेरिकी चुनाव, नेपाली चासो

अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो। नयाँ राष्ट्रपतिले आर्थिक नीतिमा गर्ने परिवर्तनले वैश्विक बजार, व्यापार सम्झौता र विदेशी लगानीमा असर पार्न सक्छ।

‘ऐतिहासिक सामग्रीलाई इतिहासकै नजरबाट हेर्नुपर्छ’

मिहिन ढंगमा हेर्ने हो भने कसैसँग चिना परिचय गर्दा पनि हामी नाम मात्रै नभई थरसमेत जान्न इच्छुक हुन्छौँ, त्यसमा कुनै खालको आफ्नोपन अथवा विभाजन छुटिने गरी।

मदन पुरस्कारको सपना र यथार्थ

लुधियान्वीले लेखेको र देवानन्द नाचेको गीतले भनेजस्तो जिन्दगीमा जे परि आउँछ त्यही गर्दै गएँ। गर्न नसकेको काममा फिक्री नलिइकन। साहिरले भने झैँ बरबाद भएका, चौपट भएका काममा चिन्ता गर्नु फजुल काम हो भनेँ।

दिगो विकास: गफ मात्रै कि कार्यान्वयन पनि?

नदी र नदीजन्य खानीको अव्यवस्थित उत्खननले प्राकृतिक कुरूपता मात्रै बढाएको छैन, भूक्षय र अन्य प्राकृतिक विपत्तिलाई पनि सहज आमन्त्रण गरिरहेको छ।

आक्रोश व्यक्त गरेर मात्र बलात्कारबाट मुक्ति मिल्दैन

प्रत्येक जघन्य अपराधपछि, पीडित शहरी क्षेत्रका, माथिल्लो वा मध्यम वर्गका हुँदा त्यसबारे धेरै आक्रोश व्यक्त हुने गर्छ। तर यस्तै घटनामा दलित, आदिवासी र अल्पसंख्यकको हकमा भने हामी निर्मम मौनता देख्छौँ।