AnonymousUser

Logout

सर्वत्र भ्रम छरिँदा कता छन् बुद्धिजीवी? 

नेपालमा तीव्र औद्योगीकरण हुन सकेको छैन। भयावह बेरोजगारी पैदा भएको छ। सामाजिक र सांस्कृतिक मूल्यहरूमा विचलन आएको छ। हातमुख जोर्नका लागि दलाली गर्नुपर्ने वा बिदेसिनु पर्ने बाध्यता भएको छ।

‘सरकार बागमती सफा र सुन्दर होस् भन्ने चाहँदैन’

‘ढुंगा हान्ने, टायर बाल्नेहरूको कुरा सरकारले सुन्यो। शान्तिपूर्ण रूपमा बागमती सफा हुनुपर्छ, संरक्षण हुनुपर्छ, यसलाई मास्नु हुँदैन भन्नेहरूको कुरा कहिल्यै सुनेन।’

उपत्यकाको परम्परागत इँटा संस्कृति र वर्तमानको विकृति

संरचनाको आवरण दाचि अप्पाको भएपछि 'सम्पदा' भइहाल्ने मानसिकता बन्दै गएको छ। भूकम्पपछि निर्माण जगतमा भएको दाचि अप्पाको माग र खपत निकै उच्च रह्यो। 

कता बिग्रियौँ हामी?

अपठित र औसत व्यक्तिले अन्धविश्वासका कुरा बाँड्नु स्वाभाविक हो तर कतिपय पढेलेखेकै व्यक्ति पनि यस्ता कुरा पत्याइराखेका देखिन्छन्। जसले हाम्रो शिक्षा प्रणालीको असफलता बुझिन्छ।

तीव्र रूपमा गायब हुँदै गएका नरेन्द्र मोदी

समाधानको बाटोमा केही राम्रो त भएकै छैन तर ओठे चिन्तासमेत प्रकट हुन छाडेको छ। मोदी अहिले राज्यबाट पूर्ण रूपमा हराएका छन्, जसरी उनका भाषणबाट राज्य हराएको छ।

जीवन बनाउन आफैलाई भुल्नु पनि कला होः गुरचरण दास

‘एउटा आइतबार बिहान म झिसमिसेमै उठेँ, एकछिन घोत्लिएँ र नाटक लेख्न थालेँ। त्यसपछिका हरेक हप्ताको विदामा मैले लेख्दै गएँ। त्यसरी लेख्दालेख्दै म लेखक बनेँ।’

बाल्नुपर्छ चाणक्यको सो बत्ती

आर्थिक अनुशासनले पैसाको सदुपयोग मात्र बुझाउँदैन, समग्रमा व्यक्तिको नैतिक मूल्य र जिम्मेवारी पनि जनाउँछ। यसले कुनै पनि समाज वा संस्थाको स्थिरता र समृद्धि कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ।

संविधानभित्र नेपालीको स्वास्थ्य

निरक्षर आमाका पाँच वर्षमुनिका हजारमध्ये ५० बालबालिकाको मृत्यु हुँदा माध्यमिक तहसम्म पढेका आमाको पाँच वर्षमुनिका हजारमध्ये ६ जनाको मात्रै मृत्यु हुने गरेको छ।

‘यो संविधान नै नभए के हुन्छ…?’

पहिले १४ प्रान्त रहेको भारतमा आज  ३० वटा छन्। यसको अर्थ भारत अहिले पनि आफ्नो संघीयताको आकारप्रकार र नामकरण मिलाइरहेको छ। अझै पनि सो विषय ‘सेटल’ भइसकेको छैन।

संविधान संशोधन: महत्त्वपूर्ण तर अन्तिम मौका!

संविधान संशोधनले संघीय प्रणाली सुदृढ गर्न सक्यो र नागरिकको आशा जगाउन सक्यो भने परिवर्तित राजनीतिक प्रणाली कार्यान्वयनमा राजनीतिक नेतृत्वका कैयन् खत माफ हुन सक्छन्। 

कर्मकाण्डी होइन, बलियो संघीयता आवश्यक

केन्द्रको सत्ताका कारण सातवटै प्रदेशमा सरकार बदलिने अवस्थाले संघीयताकै हुर्मत लिइरहेको छ। यसरी त कसरी शासन चल्छ?

देशका प्रमुख ७ समस्या, समाधानका ७ उपाय

नेपालमा अन्यत्र असफल वा योग्यता मापन हुने क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेका व्यक्तिले धेरैजसो राजनीति हाँक्ने गरेका छन्। गम्भीर आरोप र असुली धन्धामा लागेकासमेत निर्धक्क राजनीतिमा छन्।

‘सामाजिक आन्दोलन र लोकतन्त्रको भविष्य एकअर्कामा जोडिएको हुन्छ’

‘कहिलेकाहीँ सुनिन्छ– काम नपाएकाहरू माइतीघरमा बसेर चिच्याइरहेका छन्। त्यहाँका दाजुभाइ, दिदीबहिनीहरूले लडेर ल्याएको अधिकार हिजो खिसिट्युरी गर्नेहरूले पनि उपभोग गर्न पाउँछन्।’

समता आन्दोलन: सहकार्य गर्दै कि खिसिट्युरी?

कसले के खानुहुन्छ, खानुहुन्न, पढ्नुहुन्छ, पढ्नुहुन्न, पढाउनुहुन्छ, पढाउनुहुन्न, कसले कस्तो नाम राख्नुहुन्छ र हुन्न भन्दै  विकसित भएको अभ्यास निन्दनीय हो।

सडक दुर्घटनाका कारण, न्यूनीकरणका उपाय के?

प्रहरीको आँखा छल्ने प्रयास आफैले आँखा बन्द गरेर साधन चलाएझैँ घातक हुन्छ भन्ने बोध प्रत्येक चालकलाई हुनुपर्छ। ट्राफिक प्रहरीलाई पनि सडकको नियमसम्बन्धी ज्ञान तथा तिनको पालना नितान्त आवश्यक छ।

राधाकृष्ण मैनालीका तीन घुम्ती

मैनाली भन्छन्, ‘‘अल्पमतमा पर्नु, पेलिनु र पार्टी फुटाएर नयाँ निर्माण गर्नु कति सकस हुँदो रहेछ, सायद माधव नेपाल महसुस गर्दै होलान्।”

यसरी सम्झौँ सीताराम येचुरीलाई

नेपालका कम्युनिस्टमाथि आर्थिकलगायत अनेकन् विकृतिमा मुछिएको आरोप लाग्ने गरेको छ तर भारतीय राजनीतिमा त्यहाँका कम्युनिस्टले आफ्नो ‘चरित्र’ बचाएका छन्।

ट्रम्प–ह्यारिस बहस: नीति प्रस्तुतिभन्दा पनि व्यक्तिगत आक्षेप

बाइडेन-ह्यारिसमाथिको व्यक्तिगत आक्रमण जारी राख्ने र अमेरिकालाई अहिलेको दलदलबाट उकास्ने आर्थिक नीति मतदातालाई नबुझाउने हो भने ट्रम्पलाई ह्यारिसले पराजित गर्नेछिन्।

स्वघोषित सच्चरित्रवान धनराज

सच्चरित्रवान बन्न डेरामा बस्ने/सार्वजनिक यातायात चढ्ने कुरालाई ‘ग्लोरीफाई’ गर्ने लत कतिपयमा छ। डेरा र मैला पोसाकले सच्चरित्रवान हुने प्रमाणको भार पुर्‍याउँदैन। पहिले त आर्जन वैध हुनु महत्त्वपूर्ण छ।

नियामक निकाय थपिरहने कि कानूनको तटस्थ पालना गर्ने?

राज्यसंयन्त्र शिथिलप्राय: भइरहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणलाई लक्षित गरेर अर्को नियामक संस्थाको परिकल्पना गर्दै सो गठनसम्बन्धी प्रक्रिया अगाडि बढाइएको छ।