सरकारले मुख्य रूपमा तीन काम गर्नुपर्ने देखिन्छ: भूमि आयोग गठन, चर्काे राजस्वको समीक्षा गरी भूमिहीनले तिर्न सक्ने बनाउने र संकलित निवेदनको फास्ट ट्रयाकबाट छानबिन गरी टुंगो लगाउने।
यी राजबन्दीको अहिले पहिचान के? कुनै टुंगो छैन। नेपाल सरकार पनि आज आएर ‘सक्कली कि नक्कली भुटानी?’ भनेर सोध्छ। ३२ वर्ष जेल जीवन भोगेको मान्छे सक्कली कि नक्कली?
लालुराजको पहिलो पाँच वर्षमै हजारौँ वञ्चितले पक्की घर पाएका थिए, लाखौँ गरिबका बच्चाबच्चीको पहिलोचोटि स्कुलसँग साक्षात्कार भएको थियो। समाजको दायराबाहिर रहेकालाई आफ्नो हिस्सा दाबी गर्न अगाडि ल्याएका थिए।
निश्चित ठाउँ, टापु, प्रदेश, देश वा अन्य परिभाषित क्षेत्रमा मात्र पाइने वस्तु हो रैथाने। स्थानीय उत्पादनको प्रवर्द्धन गर्नु राम्रो हो तर अल्पज्ञान प्रयोग गरी गलत शब्द प्रयोग गर्नु चाहिँ भ्रष्टाचार हो।
नेपालको विकास र वैदेशिक सम्बन्धमा सीमाक्षेत्रको महत्त्व बढ्दैछ। त्यसैले नेपालको परराष्ट्र नीतिमा सीमाञ्चलको आवाज सुनिनु पर्छ।
आफूभन्दा धेरै पछाडि राजनीतिमा आएकालाई समेत निशंकोच नेता मान्दै ‘सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी’को कम्युनिस्ट सिद्धान्त-सार आत्मसात् गर्ने कर्माचार्य असल कम्युनिस्ट हुनुहुन्थ्यो।
प्रमुख राजनीतिक दलका नेताहरूको सम्मतिमा भएको यो आपत्तिजनक सिफारिस नेपाली महिलामाथिको मानमर्दन त हुँदै हो, हरेक सचेत नागरिकको सामूहिक बुद्धिमतालाई सरासर नजरअन्दाज गरेको पनि हो।
चुरे क्षेत्रमा समस्या विकराल छन्, तिनीलाई मुख्यत निम्न प्रकारले चिन्न सकिन्छ: पानीको स्रोत सुकेको छ, जमिनमुनि पानीको सतह स्वात्तै घटेकाले पानीको हाहाकार छ।
बाइडेनले निर्वाचन दौडबाट पछि हट्ने निर्णय गरेलगत्तै युवा मतदाताहरूले विभिन्न सामाजिक सञ्जालमा आफ्नो उमेर उल्लेख गर्दै आफूले ह्यारिसलाई मतदान गर्ने घोषणा गरेका छन्।
स्थायित्वको वाचा गरेर नथाक्ने तर मुलुकलाई निरन्तर अस्थिरतामा राखिराख्ने शासकहरूको प्रवृत्ति पञ्चतन्त्रको कथाको निर्दयी सिंहभन्दा कम छैन।
आशा राख्नु स्वास्थ्यको दृष्टिकोणले सही छैन। आशाअनुरूप नहुँदा मान्छेमा घोर निराशाको तहमा पुग्ने जोखिम हुनसक्छ– विगतमा बहुमतको सरकारबाट गरेको आशाजस्तै।
जनताका धेरै प्रश्नका उत्तर तपाईंले दिनुहुने छैन। तर तपाईंलाई प्रश्न गर्न छोडिने छैन। यिनै प्रश्नहरूले यहाँलाई पिछा गरिरहनेछन्।
बीपीको अन्तर्राष्ट्रिय लोकप्रियताबाट राजा महेन्द्रदेखि भारतीय प्रधानमन्त्री नेहरूसमेत सशंकित थिए। सोही कारण राजा महेन्द्रले २०१७ पुस १ गते उनलाई बन्दी बनाई लोकतान्त्रिक प्रणालीकै अपहरण गरे।
सिमेन्टको बिल्डिङ बनेपछि गौँथली देख्न नपाएको धेरै वर्ष भयो। त्यो याद चस्काइदिए मुकारुङले। अनि फेरि यसपालि कलकत्ताको भाभरमा राई माइलाको गीत कस्तो शीतल लाग्यो भने!
‘मिडिया एक्टिभिस्ट’का रूपमा रविका केही योगदानका तुलनामा सामाजिक न्याय, पिछडा वर्गको सशक्तीकरण र धार्मिक सद्भावको लागि लालुका प्रयास अतुलनीय छन्।
‘यो तहको बदमासी सरकारी निकायबाट आजसम्म भएको थिएन, भविष्यमा पनि सायदै होला।’
कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने अभ्यास नेपालमा मात्रै नभएर संसारका प्राय: सबै देशमा छ। तर के अन्य देशमा जस्तै नेपालमा काम गर्ने स्थान सुरक्षित र मर्यादित छन् त?
राजद्रोहीको आरोपमा वर्षौंवर्ष जेलमा कोचेपछि बाहिर निस्केका आफ्नै नागरिकलाई भुटानी राजा भन्दै छन्, “तिमी एक घण्टा पनि भुटानभित्र बस्न पाउँदैनौँ। बाटो लागिहाल!”
सार्वजनिक बसमा म महिला सिटमा बस्दा एक जना महिलाले ‘ए भाइ उठ्’ भन्दै एक मुठ्ठीजति कपालै तानिदिइन्। म बसेको सिटसँगै महिला बस्न हिचकिचाउँथे। सहचालक ‘ए भाइ भाडा देऊ’ भन्थे।
मुख्यसचिवको तलबलाई आधार मान्ने हो भने काठमाडौँमा चार आना जग्गा किन्न २० वर्षको कमाइ र घर बनाउन अर्को १५ वर्ष बराबरको कमाइ लाग्दो रहेछ।