भयानक अशान्त पाठक हुँ म। कुनै किताब राम्रो रहेनछ भने लेखकसँग रिस उठ्छ। किताब साह्रै राम्रो रहेछ भने मरिसकेको लेखकलाई पनि अँगालो मार्न खोजिन्छ।
साथी उनै छन् गाउँमा। दशैँं मान्ने तरिका खासै फेरिएको छैन, तर दशैँमा दौँतरीहरू भेट्न रहर लाग्दैन। मन्दिरको पशुबलि गरेको हेर्न मन लाग्दैन।
आधा शताब्दीअघि नेपालमा दशैँको भिन्नै रूप, रङ र उत्सव हुन्थ्यो। याक्थुङ (लिम्बु भाषा) मा दशैँको अपभ्रंश शब्द ‘तसी’ हो। ‘दशैँ आयो’ भन्नु पर्दा ‘तसी ते’ भनिन्छ। तसी आएको आभास भद्रा चरीले संकेत गर्थ्यो।
हाम्रो यताका तथाकथित नयाँसँग पीकेका कतिपय फर्मूला मिल्दाजुल्दा छन्। हाम्राले ‘व्यवस्था परिवर्तन भयो, अब अवस्था परिवर्तन’ भनेका थिए। पीके ‘सरकार होइन अब व्यवस्था परिवर्तन’ भन्दैछन्।
पशुको वध गर्दा यदि उनीहरू चिच्याउँथेनन् या कहालिन्थेनन्, अन्य आम तरकारी-सागपातझैँ चुप रहन्थे भने सम्भवतः मांसभोजन र बलिबारे युगौँयता यति धेरै चर्चा र असहमति सुनिन्थेनन्।
चाडपर्वको समयमा हुने ठगी धन्दा र फटाइँगिरीमा सरकारी निकाय हस्तक्षेपकारी भूमिका नखेली मूकदर्शक बन्छ, दशैँको खसी र रक्सीमा शायद ऊ पनि भुल्छ।
१६औँ शताब्दीसम्म पश्चिमा भूगोलमा महिलालाई कफीसप छिर्न र कफी पिउन अनुमति थिएन। महिला उत्तेजक रूपमा रौसिने भएकाले तिनलाई कफीसपमा रोकिएको भालेसत्ताको भाष्य हुन्थ्यो।
‘यो मुलुकमा पद्धति र संगतिको कुरा गर्न व्यर्थ छ भन्ने लाग्न थालेको छ। संसदीय समितिमा उजुरी आएन भनेर चुपै लागेर निर्लज्ज नाम पारित गर्ने ट्रेन्ड देखिएको छ।’
भेलबाढी बस्तीमा पसेपछि उल्टै भूमिहीन सुकुमबासी, नदी किनाराबासीमाथि व्यंग्य गर्न थालियो। तिनलाई भेलबाढीले नै बढारेर लैजाओस् भन्ने आशयका अत्यन्तै अमानवीय टीकाटिप्पणीसमेत भए।
राज्य जनताको अभिभावक बन्न सक्नुपर्छ न कि व्यवस्थापक। नेतृत्वसँग नैतिक पुँजी र इच्छाशक्ति भए जनविश्वास पाएर देश जुरुक्क उठ्छ।
बाढीसँगै लिएर आएको माटो तटबन्ध निर्माणका कारण ठूलो भूभागमा फैलाउन नसक्दा नदी बिस्तारै भरिन थाल्छ। जसका कारण नदीको जलयात्रा क्षमता घट्दै गएको छ।
शिक्षणको माध्यम भाषा मातृभाषा हुँदा बालबालिकाले सजिलोगरी बुझ्न र सिक्न सक्छन्। छिटो संज्ञानात्मक र बौद्धिक विकास हुन्छ। उच्च शैक्षिक सफलता दरसहित अतिरिक्त लाभका रूपमा मातृभाषाको विकास हुन्छ।
रविले जतिसुकै प्रयास गरे पनि उनी जोडिएका गैरकानूनी गतिविधिको मुद्दा अदालतमा ढिलोचाँडो चल्ने निश्चित छ। गगनलाई गाली र सत्तालाई सराप्दैमा उनले पक्कै उन्मुक्ति पाउँदैनन्।
बिसाैँ शताब्दीको शुरूआतसम्म चुरोट आममानिसको सहज पहुँचमा थिएन। चुरोट सैनिकको मनोबल उच्च गराउने रासनका रूपमा दिने गरिन्थ्यो। युद्धबाट घर फर्किने सैनिक अक्सर ओठमा चुरोट च्याप्दै आउँथे।
नागरिकले भोगिरहेका समस्या हिजोको आज नै सिर्जित भएका होइनन्। यो त राजनीतिक दल र तिनका नेताको दशकौँयताको अकर्मण्यता, भ्रष्ट सोच तथा समाज र नागरिकप्रति अनुत्तरदायी व्यवहारको नतिजा हो।
सन् २००९ पछि भएको अध्ययनले के भन्छ भने त्यतिखेर पानी नपर्नुको कारण ध्रुवीय क्षेत्रमा भएको तापक्रम वृद्धि रहेछ। ध्रुवीय क्षेत्रमा भएको तापक्रम वृद्धिका कारण नेपालमा हिउँद याममा सुख्खा पर्न गएछ।
जीकासले एफ–१६ जहाजको उडान क्षमता, उड्नुपर्ने निर्धारित पहाड वा स्थलबारे सम्पूर्ण जानकारी राखी सम्भावित उडानको बाटोबारे उपयुक्त निर्णय लिन पाइलटलाई सहयोग गर्छ।
एपिक्युरसको यही प्रश्न थियो। भगवान् दुःख रोक्न इच्छुक हुनुहुन्छ तर सक्षम हुनुहुन्न भने उहाँ सर्वशक्तिमान् नभएको प्रस्टन्छ। उहाँ सक्षम हुँदाहुँदै संसारका दुःख हटाउन इच्छुक हुनुहुन्न भने असल हुनुहुन्न।
कानून प्रयोग गरेर सिभिक सेन्स हुने होइन, यो त नागरिकको आन्तरिक उत्प्रेरणाले सिर्जना हुने हो। तर सिभिक सेन्स प्रवर्द्धनबारे हामीकहाँ बहस र छलफल बिरलै हुन्छ।
यौन शिक्षा नहुनुको प्रभाव अहिलेको पुस्तामा देखिन्छ, जसले उनीहरूलाई यौन स्वास्थ्य र सम्बन्धबारे सुसूचित हुन र सही–गलत छुट्याउन नसक्ने बनाइदिएको छ। समाजमा विद्यमान सामाजिक रूढिवाद यसको प्रमुख कारक हो।