AnonymousUser

Logout

हामीलाई नचिन्ने बैंक

ग्राहकलाई दिइने सेवा, सुविधा र प्रविधि प्रयोगमा अब्बल बनेका हाम्रा बैंकहरू दृष्टिविहीनलगायत अपांगता भएका व्यक्तिलाई पनि यस्ता सेवा चाहिन्छन् भनेर मान्न अझै तयार छैनन्।

तपाईंलाई हाम्रो भोट चाहिन्छ?

निर्वाचनमा प्रत्येक मतदान स्थलमा ‘ट्याकटाइल ब्यालेट टेम्प्लेट’ र सम्भव छ भने विद्युतीय भोटिङ मेसिनको व्यवस्था गरी दृष्टिविहीन मतदाताको गोपनीयता र स्वतन्त्रता सुनिश्चित गरिनुपर्छ।

स्पर्श र सुगन्धको भान्सा घर

हाम्रो भान्सामा अरू कोही आँखा देख्ने मान्छे भइदिएको भए सायद हामी यति आत्मनिर्भर हुने थिएनौँ होला। शुरूका दिन खाना नमिठो हुँदा हामीले एकअर्कालाई पोखेको रिस र अधकल्चा गाँसले नै यी सीप सिकाएका हुन्।

हामी दुई सञ्जीवनी: स्लेट र स्टाइलस

पहुँचयुक्त प्रविधिको आगमनसँगै दृष्टिविहीन व्यक्तिहरू पनि स्क्रिन रिडरयुक्त मोबाइल र कम्प्युटराइज प्रणालीमा निर्भर हुन थालेका छन्, जसका कारण ब्रेल सिक्ने र प्रयोग गर्नेको संख्या घट्दै गएको छ।

सुन्नुस् न, हामी सँगै यात्रा गरौँ…

एक जना व्यक्तिले पैसा समात्नोस् भने। 'हामी जागिर खान्छौँ, कोही आवश्यक पर्नेलाई दिनोस्' भन्दा पनि तिनले मानेनन्। यस्ता विषयले हामीलाई कति चोट पर्छ भन्नेबारे तिनलाई के मतलब? उनलाई 'धर्म' कमाउनु थियो।

म पढ्छु, मै लेख्छु

सम्पूर्ण लेखन सहयोगीप्रति हामी कृतज्ञ छौँ र विनम्र अनुरोध के छ भने तपाईं नितान्त सहयोगीको भूमिका निर्वाह गरिदिनुहोस्। कुनै अवाञ्छित क्रियाकलापका निम्ति सहयोगी नबनिदिनुहोस्।

को देख्छ, को देख्दैन?

तपाईं कसरी नुहाउनुहुन्छ? आबुई! खाना पनि पकाउनुहुन्छ? अनि सपना कसरी देख्नुहुन्छ? यस्ता प्रश्नहरूसँग हामी अव्यस्त भइसक्यौँ। यस्ता प्रश्नको उत्तर दिँदादिँदा कति साथी थाकिसके। कति चाहिँ रिसाइहाल्छन्।