AnonymousUser

Logout

महिनावारीको छोइछिटो: सम्पन्न पुस्ताको विपन्न मानसिकता

महिनावारीबारे फरक समुदायमा फरक सोच कसरी निर्माण भयो? कुनै समाज कट्टर किन भयो र कुनै समाजमा यो छोइछिटोको विषय किन भएन?

रुद्रीपूजामा 'जात'ले लखेट्दा…

परालभित्र लुकेर बस्दा सास फेर्न गार्‍हो भइरहेको थियो। बाहिर अलि सुनसान भएपछि फुत्त निस्किएँ। बत्तीको उज्यालो सबैतिर नभएकाले अलि सहज भयो।

सबल समाज र  स्वाभिमानी जीवनका लागि महिला रोजगारी

परिवार विघटनका केही घटनालाई लिएर महिलालाई बढी दोषी देखाउन खोजिन्छ, त्यो सही होइन। महिलालाई लाञ्छित गर्नुको मूल कारण समाजमा गहिरोसँग गाडिएर रहेको पितृसत्तात्मक सोच हो।

‘जुठो’मा रहेका ‘नीलो’हरूसँग अपिल

रास्वपा नेपाली राजनीतिमा आडभरोसाको दल हो भन्ठानेर कतिपयले यसको सदस्यता लिए। उनीहरूले भन्ने गरेको ‘नीलो क्रान्ति’को बाछिटाले लछप्पै भिजेका जनमन यतिखेर फेरि विभाजित मनस्थितिमा छन्।

तीन जना जनजातिको एउटा कथा

राजा महेन्द्रले पल्लो किरात थातथलो भएका किरातीलाई हुकुम प्रमांगीमार्फत कानून फाँटको जिम्मेवारी दिए। उनी पछि न्यायाधीशमा पदोन्नती गरिए। यो कथा तिनै किराती न्यायाधीशसँग जोडिन्छ।

यस्तै चाला हो भने हामीलाई भोकमरीले छुन्छ

आखिर किन मानिस भोकभोकै पर्छन्? एफएओ भन्छ– ३० देखि ४० प्रतिशत खाद्यवस्तु खेर जान्छ। खाद्यान्न बाली भित्र्याउने, भण्डारण गर्ने, आपूर्ति गर्ने तथा खाने ढंग नपुग्दा खानेकुरा नष्ट हुन्छ।

गाँजाको विकल्पमा कुन वनस्पति?

खेतीपातीले आर्थिक उपार्जन हुनुका साथै शारीरिक कसरत, वरपरको सौन्दर्य बढ्न गई हावापानी र जमिनको गुणस्तरमा पनि सुधार आउँछ। मानिसलाई मात्र नभई अन्य जीवजन्तुलाई पनि फाइदा पुग्छ।

निजी र सार्वजनिक शिक्षाका दुई कित्ता

सार्वजनिक शिक्षाले समाजका सबै वर्ग, जात, लिंग वर्ण वा सम्प्रदायका केटाकेटीलाई एउटै विद्यालयमा ल्याई एकैखाले शिक्षा प्रदान गर्छ। सार्वजनिक शिक्षाको सुन्दर पक्ष हो यो।

तेस्रो वर्षमा उकालोः हाम्रो प्रण र प्रतिबद्धता

जवाफ तत्काल आओस् वा नआओस्, परिणाम तत्कालै देखियोस् वा समय लागोस्, हामी प्रश्न गरिरहनेछौँ। यो प्रतिबद्धता दोहोर्‍याइरहँदा गैरनाफामूलक र विज्ञापनरहित पत्रकारिता गर्ने संकल्पमा पनि हामी उत्तिकै अडिग छौँ।

नेपाली समाजमा नैतिकताको अभाव र उपचार

अनेकौँ छिद्रमा हुने भ्रष्टाचार नाप्नु धेरै चुनौतीपूर्ण हुन्छ। नैतिकता मापन गर्न त त्योभन्दा झनै गाह्रो हुन्छ। त्यसमाथि नैतिकताको परिभाषा संस्कृतिअनुसार फरक पर्छ। 

जलवायु परिवर्तनले धानखेतीमा पुर्‍याएको असर र समाधान

वर्षाको ढाँचा बदलिएको छ र सुख्खा खडेरीको समयावधि बढ्दो छ। उच्च तापक्रम तथा घनिभूत वर्षाका कारण बालीनालीमा लाग्ने कीरा र पशुजन्य रोग बढ्दो क्रममा छन्। यसले उत्पादकत्व घटाउँदैछ।

पति जिउँदै हुँदा ‘विधवा’ भएकी पत्नी!

पहिलो पटक आमा बन्दा म धेरै खुशी भएँ तर मेरो खुशी अन्धविश्वासको महामारीले खोसिदियो। रोग लाग्दा आधुनिक चिकित्सालयभन्दा धामीझाँक्रीकहाँ धाउने अभ्यास महामारी हो यो समाजको।

वर्षा, नदी र जमिन: कहाँ चुक्यौँ हामी?

नदी किनारमा तटबन्ध लगाउन सरकारले निकाय खोल्यो, बजेट ल्यायो। तर नदी खुम्च्याउनु हुन्छ कि हुँदैन, नदीको दुईतिर पर्खाल बनाउनु हुन्छ कि हुँदैन? सवाल यो हो।

स्प्रिङफिल्ड र एक्रोन : ओहायोका दुई शहर

प्यू रिसर्चको तथ्यांकअनुसार एक्रोनमा अहिले पाँच हजार 'नेपाली' बस्छन्। शरणार्थी पुनर्स्थापनाको सफल कार्यक्रमको अन्तर्राष्ट्रिय नमुना बनेको छ एक्रोन।

रिपोर्टिङ अनुभव: पहिरोमा पुरिएको त्यो क्षण

सात वर्षअघि पहिरोले बस च्यापिँदा बाँचेको मलाई अहिले पनि बर्खाको समयमा यात्रा गर्न डर लाग्छ। पहिरोमा बस च्यापिएका घटनाले दुईतीन दिनसम्म विचलित बनाउँछ।

जब ती दिदीले भनिन्, ‘दरबारियासमेत मेरा ग्राहक थिए’

उनले भनिन्, ‘अहिले म रोगैरोगले थलिइसकेकी छु। उतिबेला छोराछोरी पाल्न बाध्य भएर यो पेसामा लागेँ। अहिले तिनै छोराछोरीले बेवास्ता गरेपछि आफ्नै पेट पाल्न यो काम गर्न बाध्य छु।’

‘कलासम्पदा सकिएको दिन काठमाडौँ शहर रित्तो लाग्नेछ’

'नेपाली मन्दिरमा देवीदेवता जीवित जस्ता लाग्छन्। तिनै मूर्ति अमेरिकामा काँचको बाकसभित्र सजाइएका हुन्छन्। हाम्रा मूर्तिहरूलाई त्यहाँ थुनेर राखेजस्तो लाग्छ, जसमा जीवन छैन।'

जीवनमा भावना कति महत्त्वपूर्ण?

दार्शनिक एरिस्टोटल भन्थे, ‘जो पनि रिसाउन सक्छ, रिसाउन सजिलो हुन्छ। तर सही व्यक्तिसँग, सही मात्रामा, सही समयमा, सही कारणले र सही तरिकाले रिसाउन सजिलो छैन।’

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजाको अँगालोको ‘ह्याप्पी इन्डेक्स’

खुशी–सूचांकको भर नरहेरै मुस्किलले ७ लाख जनसंख्या रहेको भुटानबाट २ लाखभन्दा बढी भुटानी युवा अमेरिका, क्यानडालगायत मुलुकमा बसोबासमा पुगिसकेको तथ्यांक बाहिर आएको छ।

खेलाडीको व्यथा, लेखे कथाजस्तो

महेन्द्र राजाको साढुभाइ जय दाइ किक्रेटको आजीवन अध्यक्षजस्तै हुनुहुन्थ्यो। उहाँ राजाको साढुभाइ भएकै कारण अध्यक्षको पद अरूले पाएका थिएनन्। उपाध्यक्षको पदमा करिब १०–१२ वर्ष उहाँसँग मैले काम गरेको थिएँ।