बिहे गर्ने उमेर नपुगेका, अनि नेपालको औसत आयुभन्दा बढी उमेरका जोडी पनि सम्बन्धविच्छेद गर्छन्। गएको साल साढे ८५ हजार नेपाली घरपरिवार आफ्ना सबैभन्दा नजिकका मानिससँग झगडा गर्दैथिए।
ढाँट्नेहरूले ढाँट्दा आफूलाई फाइदा हुन्छ भन्ने आश गरेर ढाँट्छन् भनिन्छ। तर, यसरी ढाँट्दा नेपाली सेनालाई फाइदा हुने कहीँ कतै देखिँदैन्। त्यसैले उसले ‘किन ढाँटेको हो’ भन्ने कुरा बुझ्न सकिएको छैन।
लुधियान्वीले लेखेको र देवानन्द नाचेको गीतले भनेजस्तो जिन्दगीमा जे परि आउँछ त्यही गर्दै गएँ। गर्न नसकेको काममा फिक्री नलिइकन। साहिरले भने झैँ बरबाद भएका, चौपट भएका काममा चिन्ता गर्नु फजुल काम हो भनेँ।