मानवअधिकार आयोगले भदौ २३ र २४ का घटनाबारे गरेका सिफारिसलाई विश्वसनीय बनाउन पूर्ण प्रतिवेदन सार्वजनिक गर्नुपर्छ। जनतामा भरोसा जगाउन सरकारले अविलम्ब यसलाई इमानदारीपूर्वक कार्यान्वयन गरोस्।
प्रधानमन्त्री कार्यालयमै बजेट मस्यौदा भइरहेको भन्ने हल्ला निराधारै देखिए पनि बन्द रहेका सरकारी कारखाना सञ्चालन गर्न प्रधानमन्त्रीमा कायम हुटहुटी शमन गर्न अर्थमन्त्रीलाई सजिलो थिएन।
यो बजेटको सबैभन्दा निराशाजनक पक्ष ‘पुरानो राजनीति अन्त्य’को नारा दिएको सरकारले नै पहुँचमा आधारित बजेट विनियोजनको परम्परा अँगाल्नु हो।
संस्कृति, सम्पदा र सङ्ग्रहालयलाई पर्यटनको सीमाघेरामा बन्धक बनाउने परम्परागत सोचबाट बाहिर आएर ज्ञान, पहिचान, सृजनशील अर्थतन्त्र र दिगो विकाससँग जोड्ने अवसर अझै अधुरै रहने देखिन्छ।
सार्वभौम नेपाल आफ्नो निर्णय गर्न स्वतन्त्र रहे पनि त्यसका अन्तर्राष्ट्रिय प्रभाव बुझेर निर्णय लिनुपर्छ। बदलिँदो भूराजनीतिमा शक्तिराष्ट्रका प्रतिनिधिसँग संवादबाट भाग्ने होइन, झन् बढी संवाद गर्ने हो।
बुधबार साँझ सुरक्षा प्रमुखहरूलाई डाकेर शनिबार र आइतबार काठमाडौँका नदी किनारका बस्ती हटाइसक्न निर्देशन दिने प्रधानमन्त्री बालेन्द्र ठ्याक्कै ५० वर्षअघिका सञ्जय गान्धी जस्तै सुनिन्छन्।
विश्व मौरी दिवस
हामीले परागसेचनलाई मह मौरीसँग मात्र जोड्न थालेका छौँ। जसले परागसेचन भनेको मह मौरीकै काम हो भन्ने गलत बुझाइ पनि बनाएको छ।
दार्जिलिङ पहाडले लोकसभा र विधानसभामा भाजपालाई नै जिताएर पठाएको छ। अब पहाडको समस्या समाधानको निम्ति कुनै अड्चन छैन। यसपालि पनि सरकारले समाधान नदिए गोर्खालाई न्याय दिन इच्छुक छैन भन्ने स्पष्ट हुन्छ।
मिले प्रतिनिधिसभा नियमावलीकै भरमा, नमिले अदालतबाट ‘क्लिनचिट’ पाएको अवस्थामा प्रधानमन्त्री हुन रविले कार्ड त खेल्छन् खेल्छन्। र, किसुनजी–गिरिजाबाबुको इतिहास त्यहीँबाट दोहरिन्छ।
विष्णुजीले पेरिस र आम्सर्टडममा नेपाल र हाम्रा प्रधानमन्त्रीबारे गोराको चासो सुनेपछि पासपोर्टकै ओज बढेको महसुस गर्नुभएछ। पञ्चायतकालमा पासपोर्ट नै नियन्त्रित गरी पासपोर्टको ‘ओज’ बढाएकै थिए।
झन्डै दुईतिहाइ बहुमतप्राप्त सरकारसँग कानूनी र राजनीतिक वैधता दुवै छ। तर यसलाई नागरिकको अधिकतम हितमा सदुपयोग गर्नुसाटो बालेन्द्र सरकार किन स्वेच्छाचारीतर्फको यात्रामा छ?
कमिलाहरूले एन्टिनाहरूलाई अगाडिका खुट्टाद्वारा समय समयमा सफा गरिरहन्छन्, ताकि यी एन्टिनाहरूको कार्यक्षमता दुरुस्त रहन सकोस्। एन्टिना पलाएको स्थानभन्दा ठीक पछाडि कमिलाका आँखा हुन्छन्।
'सञ्चै हुनुहुन्छ?', 'चिया खानुभयो?', 'आई लभ यू' जस्ता संवादले भीड त रमायो होला, तर देश चल्दैन। सञ्जालको भरमा मात्र सत्ता टिक्दैन, किनकि सत्ता फेसबुकको स्टेटस, लाइक र कमेन्ट होइन; न त ट्विट गरेजस्तो सजिलो छ।
सामाजिक तथा विकासका दृष्टिकोणबाट पनि सुकुम्बासी समस्या ठूलो चुनौती बनेको छ। यो केवल भूमि अधिकारसँग मात्र नभई गरिबी, जातीय असमानता, बसाइँसराइ, विपद् जोखिम, शहरीकरण र वातावरण संरक्षणसँग पनि जोडिएको छ।
विमानको इञ्जिन फेल हुन सक्छ, तर सही पाइलटले त्यो विमान पनि सुरक्षित अवतरण गराउन सक्छ। गलत पाइलटका हातमा सर्वोत्तम विमान पनि खतरनाक हुन सक्छ।
प्रतिष्ठानको नियमित र देखिने काम भनेको राष्ट्रिय कविता महोत्सव र पृथ्वी जयन्ती हो। खोज, अनुसन्धान, बहस र अन्तरक्रिया गर्नुपर्नेमा कविता प्रतियोगिता गर्छ, त्यो पनि गुटका आधारमा कवि छनोट गरेर।
संविधानको वर्तमान व्यवस्थाअनुसार प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने र उनको इच्छाअनुसार पदमा रहने महान्यायाधिवक्ताबाट पूर्ण स्वतन्त्रता र निष्पक्षताको अपेक्षा गर्नु व्यावहारिक रूपमा कठिन देखिन्छ।
कानून दिवसका दिन शनिबार कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको भाषण कडा छ, आगामी दिनमा श्रीमती गान्धी प्रधानमन्त्री छँदाझैँ प्रधानमन्त्री–न्यायालय विवाद सतहमा देखिने त होइन भन्ने आशंका उत्पन्न गराउने खालको छ।
आधुनिक अध्ययनहरूले थरहरूमार्फत पुरानो आप्रवासन, बसोबास र पारिवारिक सम्बन्ध बुझ्न सकिने देखाएका छन्। यसले थरलाई सामाजिक पहिचान मात्र नभई ऐतिहासिक प्रमाणका रूपमा पनि स्थापित गरेको छ।
हिजोका दिनमा फिल्म क्षेत्रमा रहँदा विजयको स्वभाव आजको भन्दा फरक थिएन। उनका अन्तर्वार्ता खासै भेटिँदैनन्। बरु, आफ्ना विचार प्रायः सोसल मिडियाबाट सार्वजनिक गर्छन्। र्यापर हुँदै राजनीतिमा आएका बालेनको चरित्र पनि योभन्दा भिन्न छैन।