आफ्नो निहित स्वार्थमा बाधक बन्दा पार्टीका विधिविधान नै बदलेर अघि बढेका ओली तेस्रोपटक पनि एमाले अध्यक्ष बन्ने लगभग निश्चित देखिन्छ। तर एमाले सत्तामा ओलीको ह्याट्रिक पार्टीपंक्तिका लागि भने पीडादायी बन्न सक्छ।
फागुन २१ गते निर्वाचन नभए वर्तमान सरकारको वैधता नै समाप्त हुने र देशमा गम्भीर संवैधानिक संकट पैदा हुने हेक्का कार्की सरकारले राख्नैपर्छ।
कांग्रेस र कम्युनिस्ट पार्टीको ट्रेडमार्क बचेको छ, राजनीतिक सिद्धान्तको हुर्मत लिइएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा कुनै पनि खालका बहसहरू नहुनु नै त्यसको संकेत हो।
प्रवासी मताधिकार
‘दूतावासभित्रै दैनिक निश्चित संख्यामा पालोक्रम खुलाएर मतदान गराउन सकिन्छ। कम्तीमा एक साताको पालोक्रम राख्यौँ भने निश्चित रूपमा केही मत झर्छ नै। शतप्रतिशत त सम्भव छ भन्न मिल्दैन।’
विभिन्न पुस्तासँग अर्थपूर्ण संवाद गर्न रचनात्मक, समयको चाल बुझ्न सक्ने र कांग्रेसको अर्थ राजनीतिक अवधारणामार्फत तिनका समाधान खोज्न सक्ने, तदनुरूप चाहिने टिम निर्माण गर्न सक्ने नेतृत्व चाहिएको छ।
प्रवासी मताधिकार
‘एक तिहाइ नेपालीलाई मतदानबाट वञ्चित गराएर चुनिएको प्रतिनिधिले सबैको प्रतिनिधित्व गर्न सक्दैनन्। मताधिकार दिनुपर्छ भन्ने सर्वोच्च अदालतको फैसला पनि त्यसैमा आधारित थियो।’
कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा र गुरु घिमिरेहरू राम्रै किसिमले प्रस्तुत भएका छन्। तर कांग्रेसको सिंगो संरचनामा उनीहरू प्रभावकारी देखिँदैनन्।
भावना र स्मृतिका कारण सबैलाई गाउँ प्यारो लागे पनि सुविधा र सहजताका कारण अधिकांशले शहर रोजेको देखिन्छ। रहर र लहर हेर्दा यो कसैले थाम्न सक्ने देखिँदैन।
२००७-२०१७ सालको कठिन परिस्थितिमा त्यति बेलाका कार्यकर्ता र शुभेच्छुकहरूको बीपीमाथि टिकेजस्तै भरोसा अहिलेका कांग्रेसजनको गगन थापामाथि अडिएको छ।
प्राविधिक रूपमा भन्ने हो भने भदौ २२ गते गोदावरीमा सम्पन्न विधान महाधिवेशन भव्य थियो। सायद, आन्तरिक शक्ति सन्तुलनले सर्वसम्मत निर्णय भएका थिए। त्यसको भोलिपल्ट के भयो? सबैका सामु छर्लंग छ।
हिन्दू धर्मलाई स्वामी विवेकानन्दले 'भान्साको धर्म' भन्दै आलोचना गरेका थिए। घरभित्रै हिन्दू धर्मका पवित्रता र अपवित्रतासम्बन्धी अवधारणा/सोचले भौतिक स्वरूप लिने कुरा सत्य हो।
जेन–जी विद्रोहले नेपालीको राजनीतिक चेतनालाई झकझक्याउने काम त गरेको छ, तर अहिलेसम्मका संकेतले के देखाउँछन् भने दलहरूले जेन–जी विद्रोहको सन्देश सुने पनि बुझ्ने प्रयास गरेका छैनन्।
जापानका राजपरिवारमा कुनै समय निश्चित चार-परिवारभित्र मात्रै बिहेबारी गर्ने चलन थियो। झन्डै आठ सय वर्षसम्म चलेको यो चलनले राजपरिवारका सदस्यको सरदर उचाइ अरू जापानीको भन्दा कम भयो।
अनुसन्धान शुरू हुनु अगाडि सबै अनुसन्धानकर्तालाई आचारसंहितामा हस्ताक्षर गर्न लगाउनुपर्छ। सकिन्छ भने नेपालका सबै विश्वविद्यालय मिलेर अनुसन्धानसम्बन्धी घोषणापत्र सार्वजनिक गर्नुपर्छ।
शिक्षा र स्वास्थ्य सेवालाई पूर्ण रूपमा राष्ट्रियकरण गर्नुपर्छ भन्नेहरूलाई सोधौँ– त्यसो गरेर हाम्रा उपलब्धिहरू गुमाउने हो? विद्यार्थीका बाबुआमालाई, बिरामी र बिरामीका आफन्तलाई फेरि विदेशै लानुपर्ने हो?
भरमार उखानको जानकार ओलीलाई 'राजा नरहे पनि राज्य खाली हुँदैन' भन्ने शाश्वत उखानको ज्ञान रहेन। मदन भण्डारीको दुखद अवसानपछि पनि एमाले रहेको अलिकति दिव्य ज्ञान पनि पलाएको छैन।
प्रवासी मताधिकार
‘अहिले हामीलाई सजिलो छ, किनभने ‘जनताले गतिलो मान्छेलाई भोट दिएनन्, त्यसैले नेपालमा नियम कानून बनेन’ भन्न पाएका छौँ। भोट हाल्न पाए हामी पनि टेस्टेड हुन्थ्यौँ। कति सुझबुझ पुर्यायौँ भन्ने देखिन्थ्यो।’
आधुनिक बल्ब, बत्ती र चमकधमक प्रकाशको आगमनसँगै, हामीले उज्यालोलाई राति अबेरसम्म फैलाएका छौँ। कुनै समय तारा वा चन्द्रमाको प्रकाशले मात्र छुने स्थानमा पनि प्रकाश पुर्याएका छौँ।
ब्लग
शान्ति, अमनचैन र सद्भावको महत्व माओवादी हिंसादेखि साम्प्रदायिक तनावको भुक्तभोगी रहेको नेपालगन्ज जति सायदै कसैले बुझ्ला। यसकै खोजी गर्दै, यही सन्देश बाँड्न दौडिरहेको शहरसँगको अनुभूति:
ओली, देउवा र दाहालको पतनले नागरिकले आशाका किरण देख्न थालेका थिए। दलको नेतृत्वमा नयाँ पुस्ता आउने र उनीहरू सुधारिएसँगै देशमा सुशासनको वातावरण हाबी हुने जनविश्वास जागेको थियो।