कोप-३० ले विश्व कूटनीतिलाई पुनः समायोजन गर्ने मञ्च प्रदान गर्छ। अब युरोपेली संघ र ग्लोबल साउथ सँगै मिलेर अमेरिकी नेतृत्वमाथिको निर्भरताबाट बहु-केन्द्रित शासनतर्फको मोडल परिवर्तन गर्नै पर्छ।
बीसीसीआई अध्यक्ष रहँदा केही ब्रान्डको विज्ञापनमा देखिएपछि भारतका पूर्वकप्तान गांगुलीले पद छाड्नुपर्यो। क्यानको नेतृत्व तहमै रहेका पूर्वकप्तान पारस भने प्रश्न उब्जाउने गरी निरन्तर ब्रान्ड प्रवर्द्धनमा छन्।
हिउँद/जाडो याममा पानी नपर्ने भएकाले वर्षाले प्रदूषण पखाल्ने सम्भावना भएन हाम्रोमा। जाडो भएसँगै ज्यान र वरपरको वातावरण तताउन थप इन्धनको प्रयोग गर्ने भए मान्छेले।
केही हुनेखाने ठुलाबडाहरूको मृत्युमा लासलाई घाटसम्म लैजाँदा बाटोमा पैसा छर्ने चलन केही वर्ष अगाडिसम्म नेपाली समाजमा थियो। यस चलनले सम्पन्नता र विपन्नताको वर्गीय खाडल कोरेकै थियो।
सबै औषधि र तीनका साइड इफेक्टलाई एकै ठाउँमा राखेर कुरा गर्न मिल्दैन। अझ, धेरै समय त्यसैमा काम गरेका, चिकित्सकले नै बेतुकको ठोकुवा गर्नु त अझै लाजमर्दो हो।
प्रधानमन्त्रीले पत्रकारहरूसँग केदारभक्त माथेमासँग सल्लाह गर्ने गरेको भन्दिएपछि आईजीपी रेसमा रहेका एक जनाबाट गाउँको घरमै उब्जाएको दाल/गेडागुडीमा बायोडाटाको चिर्कटोमिश्रित पोको माथेमा सरकहाँ पुग्यो।
गृहमन्त्रीको खोइरो खन्नु र भदौ २४ को विध्वंसबाट बौरिन नसकेको नेपाल प्रहरीका सिपाहीहरूले आश्रय लिइरहेको थापाथलीस्थित भवन भत्काउन हतारिएर डोजर लिएर जानु संयोग मात्रै पक्कै होइन।
सिथाबिले मथेको मुद्दामा अदालतले प्रस्ट रूपमा भन्यो कि जन्मसिद्ध रूपमा प्राप्त नागरिकता कुनै व्यक्तिको रोजाइ होइन, त्यो उसको अस्तित्वसँग जोडिएको अधिकार हो, जसलाई जबरजस्ती छोड्न लगाउनु अन्याय हो।
‘नेपाल र जर्मनीबीच दुई वर्षका लागि ४१ मिलियन युरोको सम्झौता भयो। अहिले यसको कार्यान्वयनका लागि कागजातमा हस्ताक्षर गरेका छौँ। यस रकमको करिब ५० प्रतिशत ऊर्जा क्षेत्रमा जानेछ।’
झापाजस्तो सानो जिल्लामा मात्रै ११ राजमार्ग सञ्चालनमा छन्। कर्णालीमा भने अझै पनि यातायात कठिन छ। नेपालमा १२६ वटा तारे होटेल छन्, तर कर्णालीमा एउटा पनि छैन।
एक समयका ‘मालिक घर’हरूमा चिटिक्क परेका झ्याल, रंगीन बार्दली र कलात्मक ढोका थिए। अहिले रित्ता, चर्किएका र भत्किन लागेका ती घरहरू पहाडको सामाजिक र आर्थिक पतनको मौन साक्षी बनेका छन्।
‘भावनात्मक रूपमा हाम्रो जरा यहाँको माटोसँग गाँसिएको छ। विदेशमा बस्ने धेरै नेपाली पहिलो पुस्ताका छन्। यहाँका हरेक क्रियाकलापमा हाम्रो चासो छ। तर दोस्रो वा तेस्रो पुस्तामा त्यस्तो नहुन पनि सक्छ।’
अब विद्यार्थीले तथ्य सम्झनुभन्दा पनि सोच्न, प्रश्न गर्न र एल्गोरिदमले नदेख्ने अर्थ खोज्न सिक्नुपर्छ। जब प्रविधिले उत्तर सजिलै दिन सक्छ, शिक्षाको सार प्रश्न सोध्ने क्षमतामा निहित हुन्छ।
यो सरकारलाई ‘२०८४ सालमा हुनुपर्ने चुनाव २०८२ सालमै सम्पन्न गर्न बनाइएको’ भनिन्छ भने, जेन–जी आन्दोलनलाई ‘डिसमिस’ गरिनु हो। कलिला युवाहरूको रगतको अवमूल्यन हो।
'अव्यवस्थित बसोबासीलाई ७ दिनभित्र हटाउने भनेर कुलमानजी र बालेनजी मिलेर अल्टिमेटम जारी गर्नुभएको छ, त्यसमा जेनजी अभियन्ताहरू कहाँ उभिनुहुन्छ?'
‘हामी एमालेको ब्याडको बेर्ना हौँ। एमालेसँग निरन्तर संवाद भइरहेको छ। त्यही भएर अन्य साथीहरुलाई केही समय पर्खन भनिरहेका छौँ।’
न्युयोर्क सिटीको मेयरलाई अमेरिकी राष्ट्रपति पछिको ‘सेकेन्ड मोस्ट पावरफुल एक्जेक्युटिभ’ पद मानिन्छ। राष्ट्रिय राजनीतिमा हाम फाल्नेका लागि यो सबैभन्दा गतिलो ‘ट्रान्जिट स्टेसन’ हो।
र्यापरहरूलाई सामान्यतः बागी नै ठानिन्छ। अब बालेन शाह बागी नै हुन् त? सरकारको खरो आलोचकका रूपमा उनी बागी सुनिए पनि उनका कतिपय गुण बागीसँग मिल्दैनन्।
२०७३ सालयता कांग्रेसका सम्पूर्ण भातृसंस्थाका नियमित महाधिवेशन हुन पाएका छैनन्। यसले पार्टीको आन्तरिक लोकतन्त्रलाई ध्वस्त बनाएको छ।
दलहरूले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको सवाललाई पन्छाउँदा लोकरिझ्याइँलाई हतियार बनाएर दक्षिणपन्थी शक्तिको उदय हुनसक्छ जसले लोकतान्त्रिक पद्धतिसँगै गणतन्त्र, संघीयता, समावेशी संरचना र धर्मनिरपेक्षता जस्ता उपलब्धि संकटमा पार्नेछ।