सिंहदरबारका कोठाहरूका धुवाँ केबल काठ र फर्निचरको मात्रै होइन, वर्षौँदेखि सञ्चित भ्रष्टाचार, अन्याय र पीडाको समेत हो। यति कुरा स्वीकार्नै पर्छ।
नेपोबेबीको अहिलेको ट्रेन्डिङ हाकाहाकी देखिने गुची ब्याग र रोलेक्स घडीमा मात्रै अडिएको हुन्न भन्ने पाठ राष्ट्रपतिलाई दिलाउन किन नसकेका दर्जनौँ सल्लाहकारले?
हात्तीजस्ता ठूला जीवले क्यान्सर प्रतिरोधी जिनको संख्या बढाएर यो खतरालाई टारे। मानव प्रजातिमा सीमित आनुवंशिक विविधताका कारण त्यस्तो बलियो सुरक्षा संयन्त्रको विकास हुन सकेन।
बिदेसिएका नेपाली कलाकृतिको पुनरागमन जति सुखद छ, त्यसको प्रक्रियागत व्यवस्थापकीय पक्ष त्यतिकै चुनौतीपूर्ण छ। फिर्ता आउने क्रममा रहेका कलाकृति ढुवानीका लागि बजेट अभाव भएका उदाहरण पनि छन्।
चप्पल लगाउनसमेत त्राहिमाम् हुनुपर्ने जेन–जीको आत्मसम्मानबारे बालुवाटारतिर प्रधानमन्त्रीका अघि उपरखुट्टी लगाउने अवसर पाउने जेन–जीलाई थाहा छ कि छैन? चासो छ कि छैन?
केन्द्रीय कार्यसमिति बैठकलाई पछि धकेल्ने बहानाबाजीबाटै बुझ्न सकिन्छ, संस्थापन पक्ष जसरी हुन्छ महाधिवेशन आमनिर्वाचन पछि धकेल्ने तिकडममा लागेको छ।
माया मात्रै गर्छु भन्ने सोच हाबी हुँदा बच्चालाई आवश्यक नियम र मर्यादाका कुरा सिकाउन बिर्सिरहेका हुन्छन् कतिपय अभिभावक।
बालेनले गृहमन्त्रीमा ओमप्रकाश अर्याललाई चाहेका थिएनन् भन्ने त अलि अघि नै खुलासा भइसकेकै थियो, उनको टिमबाट बाहिरिएको पनि निक्कै भइसकेको थियो। तर उनी राजीनामा माग्दै आइहाल्लान् भन्ने थिएन, आए।
सरकारले हतारिएर भूमि आयोग खारेज गरेपछि झन्डै ६० लाख भूमिहीन नागरिक प्रत्यक्ष प्रभावित भएका छन्। बसोबास गरेको जग्गाको कानूनी अधिकार लिने अभियानमा ‘ब्रेक’ लागेको छ।
ठूलाले वा सक्नेले साना वा नसक्नेलाई पेल्ने अभ्यास सडकमा मात्र होइन, नेपालका लगभग सबै क्षेत्रमा देख्न पाइन्छ। सडक (अ)सभ्यता नेपाली समाजलाई चियाउने एउटा आँखीझ्याल पनि हो।
त्रासपूर्ण वातावरणका कारण निजी क्षेत्रले कर्जा लिने हिम्मत तत्काल नदेखाएकाले बैंकमा तरलता झनै थुप्रिएको छ। बैंकहरूले ब्याजदर क्रमिक रूपले घटाउँदै लगेका छन्, तर यसले कर्जाको माग बढाउन सकेको छैन।
राणाकाल, पञ्चायतकाल र पुराना नेताले चलाएको लोकतन्त्रमा संरक्षक-ग्राहक सम्बन्धले सुशासनलाई बिगारेको छ। राणाकालमा संरक्षकका रूपमा राणाहरू हुन्थे र ग्राहकका रूपमा भारदार, कर्मचारी र व्यापारी हुन्थे।
आवेगको राप र ताप सेलाउँदै जाँदा आन्दोलनप्रति निराशा फैलिन्छ र प्रतिक्रियाहरू देखिन थाल्छन्। पोस्टरमा देखिएका अगुवाहरूको जन्मपत्री खोतलिन थाल्छ।
औपनिवेशिक धनको मैमत्तामा हुर्किएको पश्चिमा सभ्यताले फैलाएको हो यस्तो घृणा। खासमा भन्दा एङ्लो–याङ्की विचार अनैतिक रूपले नाफाको लालच बोकेर विज्ञान प्रविधिमाथि कब्जा जमाउनतिर लागेको छ।
केपी शर्मा ओलीको चरित्रमा सन्निहित असहिष्णुता, सर्वज्ञानी छु भन्ने भ्रम, हेपाहा प्रवृत्ति र मूढता नै यस विस्फोटन र विध्वंसको अन्तिम कारक तत्त्व हो।
‘इराकमा १५ हजारजति नेपाली रहेको अनुमान छ, राजधानी बग्दाद, सुलेमानिया, एरबिललगायत क्षेत्रमा नेपालीहरू धेरै रहेछन्।’
जेन–जी आन्दोलन
असक्षम, अधिनायकवादी, अहंकारी तथा झुटलाई सत्य साबित गर्न माहिर ओलीको शासन शैलीबाट देशवासी वाक्कदिक्क भइसकेका थिए। ओली भने ‘सरकार तोपले प्रहार गरे पनि नढल्ने’ भन्दै डुक्रँदै थिए।
यही समयमा शुरू हुनैपर्छ कूटनीतिक नियोगहरूको काँटछाँट र नातावाद, कृपावाद तथा आलोपालोमा नियुक्त हुनेहरूको असली ‘तहकिकात’।
नेपालमा पहिलोपटक महिला प्रधानमन्त्री हुनु केवल लैंगिक उपलब्धि मात्र होइन, सामाजिक पुरुषवादी मानसिकता परिवर्तनको शुरूआत पनि हो।
जेन–जी विद्रोहले पार्टीहरूको आन्तरिक, अन्तर पार्टी र समग्र राज्यकै पुरानो शक्ति सन्तुलन र राजनीतिक औचित्य समाप्त पारेपछि पनि ‘सम्मानजनक’ बर्हिगमनका लागि देउवा त्यसै तयार भएका होइनन्।