जाडेले दिएको १३३ रनको लक्ष्य पछ्याएको बाउहिनियाले निर्धारित २० ओभरमा ९३ रन मात्रै बनाउन सक्यो।
सरकारी निकायहरूकै लापरबाहीका कारण संकटमा धकेलिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र काकाकुल पोखराको तिर्खा मेट्ने खानेपानी आयोजना जोगाउन प्रधानमन्त्री कार्यालयले अग्रसरता देखाएको छ।
नेपालबाट रोजगारीको लागि साउदीअरब पठाएर दुई महिनासम्म काममा नलगाएको र श्रमिकका समस्या समाधान नगरेको भन्दै विभागले काठमाडौँको गौशालास्थित दैलेख ओभरसिज लिमिटेडलाई निलम्बन गरेको हो।
सर्वोच्चले रौतहटको मौलापुरका नगरप्रमुख रीनाकुमारी साहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
अभ्यासको क्रममा घुँडामा चोट लागेपछि अनुभवी डिफेन्डर अनन्त तामाङले यूएईविरुद्ध खेल गुमाउने एन्फाले जनाएको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गरेको स्मरण गर्दै सरकारले रोल्पालाई विशेष महत्त्व दिएको जिकिर गरे।
सरकारले सशस्त्र प्रहरी बल नेपाल मातहतका कार्यालयका लागि तराईमा ६ बिगाहा ८ कट्टा र पहाडमा तीन रोपनी क्षेत्रफल जग्गा प्राप्त गर्न स्वीकृत दिएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले उपरथी पाण्डेले जंगी अड्डामा राजीनामा पेस गरेको पुष्टि गरे।
वीरेन्द्र ऐश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंह भन्छन्– ‘राहत र उद्धारको काम छिट्टै टुंग्याएर भूकम्प प्रतिरोधात्मक अस्थायी संरचना बनाउनतर्फ तत्काल नलागे चिसोले थप मानवीय क्षति हुन सक्छ।’
यसै पनि खाद्यान्न, त्रिपाललगायतका अत्यावश्यक राहत सामग्री नपाएर समस्यामा परेका बारेकोटका भूकम्पपीडित वर्षाका कारण थप समस्यामा परेका छन्।
व्यक्तिको जग्गा यकिन नगरी घरबासको संरचना निर्माण भएपछि उत्पन्न विवादका कारण होमस्टे डेढ वर्षदेखि सञ्चालनमा आउन सकेको छैन।
तिहारलगायत चाडपर्वको समयका लागि ११ बुँदे अनुरोध सार्वजनिक गर्दै प्रहरीले आफ्नो सुरक्षामा पहिले आफैँ सचेत हुनसके धेरै घटनाबाट जोगिन सकिने जनाएको छ।
यसअघि नेपालले इजरायलमा पनि यही कार्यक्रममा कृषि विद्यार्थी पठाउँदै आएको थियो। पछिल्लो समय इजरायलमा जारी युद्धका कारण यो कार्यक्रम प्रभावित बनेको छ।
जाजरकोट भूकम्पमा परी मृत्यु हुने संख्या १५४ पुगेको छ। रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ।
वीरगन्जका ताराप्रसाद गुप्ताले तीन वर्षअघि प्रांगारिक मल उत्पादन गर्दा किसान प्रयोग गर्नै मान्दैन थिए। मल प्रवर्धन गर्न कतिपयलाई निःशुल्क उपलब्ध गराएका उनी अहिले वार्षिक ६ करोड बराबरको कारोबार गर्छन्।
कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिक हत्या गरिएको थियो।
सरकारले भूकम्पमा परी मृत्यु भएका मृतकका परिवारका लागि घोषणा गरिएको दुई लाख रुपैयाँ वितरण गर्न लागिएको हो।
सहकारी र डेरी उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र चिस्यान केन्द्र भरिएका छन्।
सिंह दम्पतीकी जेठी छोरी उपसना ललितपुरको सानेपास्थित एभरेस्ट इन्जिनियरिङ कलेजमा स्नातक तह पाँचौँ सेमेस्टरमा अध्ययनरत थिइन्। कान्छी ऊर्जाले विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेकी थिइन्।