यस्तो रहनेछ आजको मौसम

कोशीका हिमाली, पहाडी तथा तराई भूभागका साथै बागमती र गण्डकीका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी भूभागमा आंशिक बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकीका थोरै स्थान तथा मधेशको एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी र बागमतीका हिमाली भूभागका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। मधेश तथा कोशी, बागमती र गण्डकीका तराईका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ। कोशीका हिमाली, पहाडी तथा तराई भूभागका साथै बागमती र गण्डकीका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। मधेश तथा कोशी, बागमती र गण्डकीका तराईका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।