मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

मुग्लिन–नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो खस्दा एकतर्फी अवरुद्ध भएको सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

काठमाडौँ- मुग्लिन–नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो खस्दा एकतर्फी अवरुद्ध भएको सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

सडक डिभिजन भक्तपुरका अनुसार शुक्रबार बिहान माथिबाट लेदो सडकमा खसेपछि सडक एकतर्फी अवरुद्ध भएको थियो।

लेदो हटाएपछि बिहान ९ः१५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको हो।