नेपाल र जापानबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले जापानको ओसाकामा ‘नेपाली मेला ओसाका–२०२६’ आयोजना हुने भएको छ।
काठमाडौँ– नेपाल र जापानबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले जापानको ओसाकामा ‘नेपाली मेला ओसाका–२०२६’ आयोजना हुने भएको छ। खुसी उरेसी सोसाइटीको आयोजनामा असोज ३ र ४ गते (सेप्टेम्बर १९ र २०) इकुनो वार्डस्थित इकुनो पार्कमा मेला आयोजना हुन लागेको हो।
सोसाइटीका अध्यक्ष टीआर गौडेलका अनुसार नेपाली भाषा, कला, संस्कृति, खानपान, पर्यटन र मौलिक परम्परालाई जापानी समुदायसँग जोड्नु मेलाको मुख्य उद्देश्य हो। मेलामा नेपाली लोक तथा आधुनिक गीत–संगीत, नृत्य, भजन, पञ्चेबाजा, तामाङ सेलो र लाइभ ब्यान्डसँगै जापानी परम्परागत कला तथा संगीत पनि प्रस्तुत गरिनेछ।
मेलामा काठमाडौँको जीवित देवी कुमारी परम्परासम्बन्धी ‘द लिभिङ गडेस कुमारी’ फोटो प्रदर्शनी, नेपाली खानाका स्टल, हस्तकला तथा नेपालसम्बन्धी सांस्कृतिक र पर्यटन सामग्रीसमेत राखिने आयोजकले जनाएको छ। जापानी कलाकार, स्थानीय समुदाय तथा विद्यालयको सहभागिता र जापानी भाषामा नेपाल चिनाउने सामग्रीसमेत कार्यक्रममा समेटिनेछन्।
अध्यक्ष गौडेलले मेला नेपाली समुदायमा मात्र सीमित नराखी जापानी समुदायसँग प्रत्यक्ष सांस्कृतिक आदानप्रदानको माध्यम बनाउन खोजिएको बताए। उनका अनुसार मेलाबाट प्राप्त मुनाफाको एक अंश भोटेकोशी बाढीपीडितको सहयोगार्थ प्रदान गरिनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
