खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८२ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिका लागि प्रदान गरिने पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई दिने निर्णय गरेको छ।
काठमाडौँ- खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८२ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिका लागि प्रदान गरिने पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई दिने निर्णय गरेको छ। प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीमा परेका १५ र संक्षिप्त सूचीका पाँच कृतिमध्येबाट ‘सलह’ छनोट भएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका हुन्।
प्रतिष्ठानका अनुसार ‘सलह’ले नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको छ। काव्यिक भाषा, प्रतीकात्मकता, प्रकृति–चित्रण र मार्मिक कथनशैलीलाई कृतिका प्रमुख विशेषता मानिएको छ।
त्यस्तै, पाँच दशकदेखि नेपाली साहित्यमा सक्रिय कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय भएको छ। ‘शरणार्थी’, ‘राधा’ र ‘आधा बाटो’ लगायत ३२ कृतिका लेखक धरावासीले आख्यानमार्फत सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद र इतिहासका उपेक्षित पक्षलाई प्रस्तुत गर्दै आएका छन्।
यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई प्रदान गरिने भएको छ। नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता तथा परराष्ट्र नीति र कूटनीतिका अध्येता आचार्यले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्बन्धी कृति लेखेका छन्। उनी संयुक्त राष्ट्रसङ्घमा नेपालका स्थायी प्रतिनिधिसमेत भइसकेका छन्।
विज्ञप्तिअनुसार तीनै पुरस्कारको राशि जनही तीन लाख रुपैयाँ र सम्मानपत्र रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
